वीर अस्पतालकाे कार्यकारी अधिकारीमा डा पाैडेल नियुक्त


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी अधिकारीमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै अर्थोपेडिक सर्जन डा. पौडेललाई वीर अस्पतालको कार्यकारी अधिकारीमा नियुक्त गरेका हुन् ।

यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा प्राडा भुपेन्द्रकुमार बस्नेत थिए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई १९ साउन २०७८ मा वीर समेत हेर्ने गरी युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी दिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ