महाशिवरात्रि विशेष: गाँजाको सेवन गर्नेहरू किन शिथिल बन्छन् ?


आज महाशिवरात्री,‌ भगवान शिवको पुजाआरधना गरी धुमधामका साथ मनाइँदैछ ।

आजको दिन भगवान शिवलाई मनपर्ने फलफूलको सेवन गर्ने पनि चलन छ । जस्तै भाङ्ग, गाँजा इत्यादि। तर, गाँजाको सेवनले मानिसलाई शिथिल बनाइदिन्छ । जानौं कारणबारे :

* मान्छेको दिमागमा दुई किसिमका रासायनिक तत्व हुन्छ । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (शिथिल) गर्ने । हामीले खाने हरेक चिज पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ । अनि दिमागको सम्पर्कमा आएको चिजअनुसार दिमागका दुई रासायनिक तत्वले प्रभाव उत्पन्न गर्छन् । भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने मानिस उत्तेजित हुन्छ । त्यसैगरी डिप्रिसेन्ट बढी भयो भने मानिसलाई शिथिल बनाउँछ ।

* मस्तिष्कमा क्यानाविनोइड भन्ने रासायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग–अलग क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजा सेवन गरेपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाका धेरै रसायनमध्ये टेट्राहाइड्रोक्यानाविनोल (टिएचसी) को भूमिका हँसाउन र रुवाउनेमा बढी हुन्छ । यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ । यस्तो वेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । जस्तै : हाँस्यो भने हाँसेको हाँस्यै गर्ने, रोयो भने रोएको रोयै गर्ने आदि । क्यानाविनोइडले मस्तिष्कको आनन्दको केन्द्र डोपामाइन प्रक्रियालाई पनि प्रभावमा पार्छ र आनन्दको भाव जगाउँछ ।

* गाँजा, भाङ, धतुरो तीनै चिज सेवन गरेको सुरुवती समयमा आनन्द पैदा गर्छन् । केही वेरपछि फरक–फरक असर देखाउन थाल्छन् । त्यसैले यस्ता लागुऔषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ ।

 

(वरिष्ठ नसारोग विशेषज्ञ डा. जेपी अग्रवालसँगको कुराकानीमा आधारित)

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com