बच्चा जन्माएको ३ घण्टा नबित्दै परीक्षा दिन पुगेपछि..


काठमाडौं । भारतमा बच्चा जन्माएको ३ घण्टा नबित्दै परीक्षा दिन पुगेपछि यो विषयले चर्चा पाएको छ ।

भारतको बिहारमा एक महिला बच्चा जन्माएको ३ घण्टा नबित्दै परीक्षा महिलाले परिक्षा दिन परिक्षा हल पुगेपछि उनको चर्चा चुलिएको हो ।  बिहारमा आजबाट सुरु भएको म्याट्रिक परीक्षामा बिहारकै सरकारी विद्धालयमा अध्ययनरत २२ वर्षिया रुक्मिणी कुमारीले परीक्षा हुने समयभन्दा करिब ३ घण्टा अगाडि बच्चा जन्माएकी थिइन् । बच्चा जन्माएको ३ घण्टा नबित्दै उनले भारतको म्याट्रिकको परीक्षा दिएकी छिन्।

रुक्मिणी कुमारी एम्बुलेन्सको साहरामा परीक्षा दिन परिक्षा केन्द्र पुगेकी हुन्। उनलाई चिकित्सक र परिवारका सदस्यहरुले प्रशुती ब्यथामा आराम गर्न सल्लाह दिएपनि उनले परिक्षा दिएकी छिन् । तर, रुक्मिणी कुमारीले एम्बुलेन्समै गएर भएपनि म्याट्रिक परीक्षा दिएकी छिन् ।

एजेन्सीको सहयोगमा

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com