भिटामिन ‘सी’ को अत्यधिक प्रयोगले स्वास्थ्यमा हुने समस्याबारे जानौं…


कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि भिटामिन ‘सी’ को चर्चा अत्यधिक भयो । भिटामिन ‘सी’ मानव स्वास्थ्यका लागि महत्वपूर्ण तत्व मानिन्छ । यसको प्रयोग सदियौंदेखि हुँदै आएको छ । तर, कोरोनाको बेला भिटामिन ‘सी’ झन् बढी चर्चामा आयो ।

बीबीसी फूडले गरेको एक अध्ययन अनुसार सन् २०२० मा इन्टरनेटमा सबैभन्दा बढी खोजिएको शब्द इम्यूनिटि पावर रहेको बताइएको थियो ।कोरोना भाइरसको डरका कारण मानिसहरू आफ्नो स्वास्थ्यका साथै रोगसँग लड्ने इम्यूनिटि पावर कसरी बलियो बनाउन सकिन्छ भनेर जान्नका लागि गम्भीर भएर विभिन्न उपायहरू अपनाउन थाले । जसका लागि भएभरका फलफूलको सेवन गर्ने र विभिन्न सप्लीमेन्टको प्रयोग गर्न थाले । जसमा सबैभन्दा बढी भिटामिन–सी युक्त फल र सप्लीमेन्ट सबैभन्दा बढी चर्चित बन्यो । वैज्ञानिकहरूले दावी गरे की, भिटामिन–सी इम्यूनिटि पावरलाई राम्रो बनाउनमा निकै सहयोगी हुन्छ ।

वैज्ञानिकहरूको यो दावी सहि हुन सक्छ । तर, के तपाईंलाई थाहा छ, भिटामिन–सी को अत्याधिक सेवनले तपाईंको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । भिटामिन–सी पनि अन्य तत्त्व जस्तै हाम्रो शरीरका लागि फाइदाजनक हो । तर, यसको अत्याधिक प्रयोगले तपाईंको शरीरलाई हानि पुग्न सक्छ ।

भिटामिन ‘सी’ को अत्याधिक प्रयोगले हुने साइड इफेक्ट :

वान्ता हुने : विज्ञहरूका अनुसार भिटामिन ‘सी’ को अत्याधिक मात्रा सेवन गर्नाले डाइरियाको समस्या हुन सक्छ । झाडापखाला लाग्न सक्छ । जसले गर्दा शरीरमा डिहाइड्रेशनको समस्या पनि हुन्छ ।

हार्टबर्न : भिटामिन ‘सी’ को साइड इफेक्टमा हार्टबर्नको समस्या पनि पर्छ । यस अवस्थामा छातिको तल्लो र माथिल्लो भागमा जलन अर्थात् पोलेको जस्तो महसुस हुन्छ । घाँटीमा पनि पोलेको जस्तो समस्या बढ्ने हुन्छ । त्यसकारण भिटामिन ‘सी’ को सप्लीमेन्ट्स लिनुभन्दा पहिले एक पटक डाक्टरसँग सल्लाह गर्नुपर्छ ।

मन आत्तिने : भिटामिन ‘सी’ को अत्याधिक प्रयोगले तपाईंको मन आत्तिने वा मन बेचैन हुन सक्छ । भिटामिन ‘सी’ युक्त फलको अत्याधिक सेवनले यस्तो समस्या हुन सक्छ । तर, बजारमा पाइने भिटामिन ‘सी’ युक्त सप्लीमेन्ट्सको प्रयोग भने कमै मात्रामा गर्नुपर्छ ।

एब्डमिनल क्रैम्प : भिटामिन ‘सी’ को अत्याधिक सेवन गर्नाले तपाईंको पेटमा दुखाई हुन सक्छ । पेट बाउँडिने जस्तो समस्या पनि हुन सक्छ । त्यसकारण एक पटकमा धेरै मात्रामा भिटामिन ‘सी’ युक्त खाद्य पदार्थको प्रयोग गर्नबाट जोगिनु पर्छ ।

अनिद्रा वा टाउको दुख्ने : भिटामिन ‘सी’ को अत्याधिक सेवनका कारण तपाईंलाई निद्रा नलाग्ने समस्या हुन सक्छ । जसलाई इन्सोमेनिया वा अनिद्रा र टाउको दुखाईको समस्या पनि भन्ने गरिन्छ । राती सुत्ने समय मन बेचैन हुने हुन्छ । त्यसकारण भिटामिन ‘सी’ युक्त खाना वा तत्वको सेवन सुत्ने समय गर्नु हुँदैन भने अत्यधिक मात्रामा पनि सेवन गर्नु हुँदैन ।

कति मात्रा हुन्छ उचित ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसलाई प्रतिदिन ६५ देखि ९० मिलिग्राम भिटामिन ‘सी’ को आवश्यकता हुन्छ ।

उमेर अनुसार मानिसलाई भिटामिन ‘सी’ को आवश्यकता पर्छ । १० वर्षदेखि १८ वर्ष उमेर समूहलाई दिनमा ३० देखि ५५ मिलिग्राम भिटामिन ‘सी’ को आवश्यकता हुन्छ ।

एक दिनमा यदि २ हजार ग्रामभन्दा बढी भिटामिन ‘सी’ खाइयो भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । उदाहरणका लागि एउटा सुन्तलामा करिब ६१ मिलीग्राम भिटामिन ‘सी’ हुन्छ । अर्थात् तपाईं एक दिनमा २ वटासम्म सुन्तला आरामले खान सक्नु हुन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com