८८ वर्षमा विते पूर्व स्वास्थ्यमन्त्री मथुरा श्रेष्ठ


काठमाडाैं । पूर्व स्वास्थ्यमन्त्री मथुरा प्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा आज निधन भएको छ । दम र छातिको समस्याबाट लामो समयदेखि प्रताडित श्रेष्ठको आज निधन भएको हो ।

प्रतिष्ठित चिकित्सक समेत रहेका श्रेष्ठको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

श्रेष्ठ २०४६ सालमा प्रजातन्त्र पुनर्वहालीको आन्दोलमा सक्रिय भूमिका खेलेका थिए । त्यसको उच्च मूल्याङ्कन गर्दै तत्कालीन अन्तरिम सरकारको स्वास्थ्यमन्त्रीको भूमिका पाएका थिए । ४६ सालका योद्धा डा. श्रेष्ठको निधनलाई लिएर धेरैले दुःख प्रकट गरेका छन् ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com