मुटु स्वस्थ राख्न कुन तेलको प्रयोग उचित ? यसो भन्छन् डा. भण्डारी


हामीले आफ्नो स्वास्थ्यको राख्दै मुटुको स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्छ । कारण, मुटु स्वस्थ भएन भने हाम्रो आयू घट्दै जान्छ र अल्प आयूमै मृत्यु नै हुन सक्छ ।

अरुबेलामा भन्दा पनि चाडबाड वा खुसीको अवसरमा हामीले वेवास्ता गर्दै खानपानमा ध्यान दिँदैनौं । अहिलेको समय विहे, व्रत वन्धको हो भने होली पनि आउँदै छ ।

भोजभतेर र होलीमा चिल्लो ध्यू तेलको सेवन धेरै मात्रामा हुने गर्दछ । त्यसैले मुटु स्वस्थ्य राख्नका लागि कस्ता खानेकुराहरू खाँदा विशेष ध्यान दिनुपर्छ ।

चिल्लोपदार्थ हाम्रो दैनिक खानाको जरुरी पदार्थहरू मध्ये पर्दछ । तर, यसको मात्रा र किसिम नमिलेको खण्डमा हृदयघात जस्ता घातक रोगहरू लाग्ने गर्दछ ।

चाडबाड वा अन्य बेलामा खाना वा मासु पकाउँदा कुन तेल स्वास्थ्यका लागि र मुटुको लागि राम्रो थाहा पाउन जरुरी छ । हाम्रो शरीरमा कोलस्ट्रेरोल (चिल्लोपदार्थ) मुख्य दुई प्रकारका हुन्छन् । राम्रो कोलेस्ट्रेरोल र नराम्रो कोलस्ट्रेरोल । चिल्लोपदार्थ जसले मुटुका नशा साघुरो बनाउँछ । यो मुख्यत: बटर घ्यूमा धेरै पाइन्छ । हामीले खाने चिल्लोखानामा दुईथरी नराम्रा चिल्लोपदार्थहरू पाइन्छन् । स्याच्युरेटेट चिल्लोपदार्थ र अनस्याच्युरेटेट चिल्लोपदार्थ ।

स्याच्युरेटेट चिल्लोपदार्थले LDL बढाउँछ र यो चिल्लोपदाथ घ्यू नरिवल तेल आदिमा पाइन्छ । अनस्याच्युरेटेट चिल्लोपदार्थले LDL घटाउने गर्दछ र HDLबदाउँछ र यो तेरीको तेल,सनफ्लावर तेल र ओलिभ तेलमा पाइन्छ । चिल्लोपदार्थलाई हा्इड्रोजनसँग प्रतिक्रिया गराए Trasfat बन्दछ । जस्तै बनस्पति ध्यू मार्गरिन आदिले LDL बढाउछ र HDL घटाउछ् ।

घ्यू तेल धेरै तापक्रममा पकाउँदा अथवा पटक पटक प्रयोग गर्दा त्यसबाट एक किसिमको खार आउछ जसलाई स्मोकिङ्ग प्वइट भनिन्छ । यस अवस्थामा तेलको पोषक गुम्ने गर्दछ । त्यसकारण तेललाई यस विन्दुसम्म तताउनु हुदैन । विभिन्न तेलका स्मोकिङ्ग प्वइट र विशेषता भिन्न हुन्छ ।

तोरीको तेल : तोरीको तेलमा नराम्रा खालका स्याच्युरेटेट चिल्लोपदार्थको मात्रा धेरै कम हुन्छ । तोरीको तेलमा स्मोकिङ्ग प्वइट धेरै हुने हुँदा तताएर खानकालागी यो तेल अरु तेलको तुलनामा सूरक्षित हुन्छ । तोरीको तेल सेवन गर्नाले मुटुको रोगहरुमा ६० प्रतिशतसम्म कमी आउन सक्छ ।

ओलिभ तेल : यसले शरीरमा कोलस्टे«रोलको मात्रा कम गर्दछ । Anti inflammatory को काम गर्दछ जसले शरीरलाई हृदयघात र क्यान्सरबाट जोगाउँछ । प्रोस्टेट कोलोन र स्तनक्यान्सरको लागि यो तेल फाइदाजनक मानिन्छ ।

सनफ्लावर तेल : यस तेलमा राम्रो fatty acid धेरै र नराम्रो fatty acid कम भएकोले राम्रो मानिन्छ तर ओमेघा-६ धेरै हुने भएकाले धेरै मात्रामा सेवन गर्दा प्रोस्टेट र स्तनको क्यान्सर हुने सम्भावना रहन्छ ।

राइसब्रान तेल : धानको भूसबाट निकालिने यो तेलको fatty acid उच्च हुने भएकाले खाना बनाउन उपयुक्त मानिन्छ । ओरिजेनोल भन्ने एन्टिअक्सिडेन्ट भएकोले सो स्वस्थकर मानिन्छ ।

नरिवल तेल : नरिवल तेलमा नराम्रो तृप्तको मात्रा धेरै हुन्छ । यसले LDL बढाउँछ ।

बटर घ्यू : यसमा स्याच्युरेटेट बोसो धेरै हुन्छ र शरीरमा LDL को मात्रा बदाउँछ । ध्यू को स्मोकिङ्ग प्वइट बटरको भन्दा उच्च हुन्छ । बनस्पति ध्यू : खाने तेल मध्ये सबैभन्दा नराम्रो मानिन्छ। यसले हृदयघात गराउँछ र केक, डोटन बनाउँनप्रयोग गरिन्छ ।

(मुटुरोग विशेषज्ञ डा. राजीबराज भण्डारीसँगको कुराकानीमा आधारित)

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com