वीपी प्रतिष्ठानले ५६ लाखको म्याद गुज्रिएको औषधि किनेको खुलासा


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले म्याद गुज्रिन केही महिना मात्र बाँकी रहेको ५६ लाखको औषधि खरिद गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालय स्रोतका अनुसार वीपीका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक जगत नारायणको मिलेमतोमा ती औषधि खरिद गरिएको हो ।

म्याद गुज्रिन केही महिना मात्र बाँकी रहेको ५६ लाखको औषधि खरिद गरेको र म्याद गुजारेको पाइएको अडिट कार्यका संलग्न एक अधिकारीले बताए । ‘म्याद गुज्रिन केही महिना मात्रै बाँकी औषधि टेन्डरको मूल्यभन्दा ८० प्रतिशतसम्म कम्पनीले छुटमा दिने गरेको छ । तर, परल मूल्य यथावत देखाइ कम्पनी र व्यापारी सङ सेटिङ गरेर ठूलो अनियमितता डा. जगतले गरेको पाइन्छ’, ती अधिकारीले भने ।

फार्मेसीमा कोभिडको समय देखि हालसम्म खरिद भएका १० करोड हाराहारीका औषधीमा ३ करोडभन्दा बढी अनियमितता डा. जगतले गरेको एक कर्मचारीले बताए । सोही अनियमितताको मोटो रकम गिरी र मन्त्री खापुङलाई बुझाएर प्रतिष्ठानका प्राध्यापक हरूमा १०१ बरियतामा भए पनि नियुक्ति पाएकाे कतिपयको आरोप छ । यो आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन ।

महालेखाले सर्जिमेड डिष्टिब्युटर्सले औषधि आपूर्तिको ठेक्का पाएपनि समयमै नबुझाएको जनाएको छ । उक्त कम्पनीलाई झन्डै साढे ५१ लाख हर्जना लगाउनु पर्ने औँल्याएको छ । तर, अस्पताल निर्देशक जगत नारायणसँगको मिलेमतोमा सर्जिमेड डिष्टिब्युटर्सले काम गरेकाले उक्त कम्पनीलाई जोगाइएको चर्चा रहेको छ ।

वीपी प्रतिष्ठानको फार्मेसीले  अस्पताललाई ९ लाख बढीको औषधि दिएकोमा पैसा नपाएको पाइएको छ । अस्पताल निर्देशक जगत नारायणले फार्मेसीबाट ९ लाख बढीको औषधि मगाएर पैसा नतिरेको पाइएको छ । उक्त रकम असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

अस्पताल प्रशासनको मिलेमतोमा वीपी प्रतिष्ठानको फार्मेसीमा बदमासी नै बदमासी रहेको पाइएको छ । यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थप छानबिन गरेर जिम्मेवार अधिकारीलाई कारबाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #अस्पताल निर्देशक जगत नारायण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com