सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै


काठमाडौं । आगोले जलेर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको छ । मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारत डा. भण्डारीको स्वास्थ्य सामान्यतर्फ गईरहेको जनाइएको छ ।

डा. भण्डारीले पहिलोपटक सहयोगीसँग दोहोरो संवाद गरेका  छन् । उनको अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको मुम्बईमा रहेका माधव न्यौपाने जानकारी दिए ।

‘भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ।कल्चर रिपोर्ट आज आउँदै छ । सुन्निएको अनुहार घटेको छ।’, न्यौपानेले लेखेका छन् । भण्डारीको स्वास्थ्य अवस्था दिन प्रतिदिन राम्रो हुँदै गइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com