पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री स्व. प्रा. डा. मथुरा प्रसाद श्रेष्ठको पार्थीव शरीरमाथि राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरिएको छ ।  उनको पार्थीव शरीरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र परराष्ट्र मन्त्री विमला राई पौडेलले राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रेष्ठको ८८ वर्षको उमेरमा हिजो निधन भएको हो । पशुपति  आर्यघाटमा मन्त्रीद्वय गिरी र राईले दिवंगत श्रेष्ठको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । २०४६ सालको परिवर्तनपछि डा. श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका थिए । उनी चिकित्सा शास्त्र अध्ययन संस्थानको पहिलो डीन समेत हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com