देशभरका अस्पताललाई २२० थान मिर्गौला डायलाइसिस मेसिन आवश्यकता,१३३ उपलब्ध


काठमाडौं । देशभरका अस्पताललाई २२० थान मिर्गौला डायलाइसिस मेसिन आवश्यकता रहेको पाइन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट २३३ थान मिर्गौला डायलाइसिस मेसिनको माग भएको छ । त्यसमध्ये मन्त्रालयले १३३ थान मात्र मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराएको देखिन्छ ।

झापाको अर्जुधारा नगर अस्पतालदेखि कैलालीको टीकापुर अस्पतालसम्मले  मिर्गौला डायलाइसिस मेसिन मागेका छन् । काठमाडौंको सिभिलदेखि वीर अस्पताल मिर्गौला डायलाइसिस मेसिनको पर्खाइमा रहेका छन् ।

भारत सरकारले हालै २ सय थान मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराउने घोषणा गरेको छ । २० थान मिर्गौला डायलाइसिस मेसिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । भारतले  थप १८० थान मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराए मेसिन माग्ने अस्पतालहरुको माग र आवश्यकता पूरा हुने देखिन्छ ।

अहिलेसम्म सबैभन्दा बढी भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले ३० थान मिर्गौला डायलाइसिस मेसिन मागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अस्पतालले २० थान पाइसकेको छ ।

त्यसपछि पर्साको नारायणी अस्पतालले २५ थान मिर्गौला डायलाइसिस मेसिन मागको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अस्पतालले ५ थान पाइसकेको छ ।

काठमाडौंको वीर अस्पतालले २० थान मिर्गौला डायलाइसिस मेसिन मागेकोमा १० थान पाएको छ ।

काठमाडौंकै निजामती सेवा अस्पताललाई १४ थान मिर्गौला डायलाइसिस मेसिन आवश्यक छ । तर, उक्त अस्पतालले १ थान पनि मिर्गौला डायलाइसिस मेसिन पाएको छैन । पूर्वाधार भएपनि मेसिन नहुँदा निजामती अस्पतालले मिर्गौला डायलाइसिस सेवा उपलब्ध गराउन सकेको छैन । अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेल मिर्गौला डायलाइसिस सेवा उपलब्ध गराउन निरन्तर लागिपरेका छन् । बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पनि सिभिललाई मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

धुलिखेल अस्पतालले १० थान मिर्गौला डायलाइसिस मेसिन  मागे पनि एक थान पाउन सकेको छैन । सेती प्रादेशिक अस्पताललाई १२ थान मिर्गौला डायलाइसिस मेसिन आवश्यकता परेकोमा ४ थान मात्र उपलब्ध रहेको छ ।

कैलालीको टीकापुर अस्पताललाई १० थान मिर्गौला डायलाइसिस मेसिन चाहिएको छ । तर, उक्त अस्पतालले एउटा पनि पाएको छैन ।  २ थान मिर्गौला डायलाइसिस मेसिन माग्ने झापाको अर्जुनधारा नगरपालिका पनि हेरेको हेरै भएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रमा पर्ने झापाको दमक अस्पतालले १० थान मिर्गौला डायलाइसिस मेसिन मागेको छ । उक्त अस्पताललाई पनि मिर्गौला डायलाइसिस मेसिन हाता लाग्यो शून्य भने जस्तै भएको छ । उता पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लामा रहेको डडेलधुरा अस्पतालले भने १ थान मिर्गौला डायलाइसिस मेसिन माग्दा ५ थान पाउन सफल भएको छ ।

जनकपुर प्रादेशिक अस्पतालले पनि एउटै मिर्गौला डायलाइसिस मेसिन नमागी ३ थान पाएको छ ।

पूर्वको महत्त्वपूर्ण ठाउँ धनकुटा अस्पताललाई ५ थान मिर्गौला डायलाइसिस मेसिन आवश्यकता परेको छ । अहिलेसम्म एउटा पनि भेटेको छैन । यता मोरङ कोशी अस्पतालले ४ थान मिर्गौला डायलाइसिस मेसिन मागेकोमा ६ थान पाउन सफल भएको छ । मागभन्दा बढी मेसिन पाउने कोशी अस्पताल ‘बादशाह’ देखिएको छ । मोरङ कै रंगेलीले २ थान मिर्गौला डायलाइसिस मेसिन माग्दा एउटा पनि पाउन सकेको देखिँदैन ।

पाँचथर अस्पतालले ३ थान र उदयपुर जिल्ला अस्पतालले ५ थान  मिर्गौला डायलाइसिस मेसिन मागेका छन् । ती अस्पताल पनि मिर्गौला डायलाइसिस मेसिन नपाउने अभागिमा दहरिएका हुन् ।

इलाम अस्पतालले मान्दै नमागी २ थान र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि नमागीकनै २० मिर्गौला डायलाइसिस मेसिन पाउन सफल भएको छ । १० थान मिर्गौला डायलाइसिस मेसिन माग्ने काठमाडौंको कान्ति बाल अस्पताल पनि एउटै नपाइ ठगिएको छ ।

सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले ४ थान मिर्गौला डायलाइसिस मेसिन मागेकोमा चारै थान पाएको छ । तर, १ थान मिर्गौला डायलाइसिस मेसिन माग्ने सप्तरीको कंचनपुर अस्पताल भने ‘चिल्लै’ भएको छ ।

सिराह अस्पतालले ५ थान, नयन हेल्थ नेपाल अछामले १ थान, खैरहनी अस्पताल चीतवनले ३ थान र बन्दीपुर अस्पताल तनहुँले १० थान मिर्गौला डायलाइसिस मेसिन मागेका छन् । ती अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अहिलेसम्म एउटा पनि मिर्गौला डायलाइसिस मेसिन पाएका छैनन् ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनले ४ थान मेसिन माग्दा चारै थान पाएको छ । तर, नजिकैको मुग्लिन अस्पतालले एउटा मिर्गौला डायलाइसिस मेसिन माग्दा पाएको छैन ।

काठमाडौंको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले १० थान मिर्गौला डायलाइसिस मेसिन मागेको छ । थानकोटको प्राथमिक स्वास्थ्य केन्द्रले २ थान मागेको छ । ती अस्पतालल  एउटा पनि पाएको छैन ।

कर्णाली प्रादेशिक अस्पतालले एउटै नमागी ४ थान मिर्गौला डायलाइसिस मेसिन पाएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले ६ थान मिर्गौला डायलाइसिस मेसिन पाएको छ । रुकुम पश्चिमले ४ थान मिर्गौला डायलाइसिस मेसिन माग्दा एउटा पनि पाएको छैन ।

भेरी अस्पतालले नमागी ६ थान मिर्गौला डायलाइसिस मेसिन पाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले १० थान मिर्गौला डायलाइसिस मेसिन माग्दा एउटै पाएको छैन ।  स्याङ्जाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले नमागी स्वास्थ्य मन्त्रालयबाट ४ थान गोर्खा अस्पतालले माग्दै नमागी १ थान मिर्गौला डायलाइसिस मेसिन पाएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका ५ थान, वर्दिया अस्पतालले २ थान, पोखरा महानगरपालिकाले ५ थान, स्याङजाले ३ थान र लम्जुङ अस्पतालले ४ थान  मिर्गौला डायलाइसिस मेसिन मागेका छन् । ती कुनै अस्पतालले अहिलेसम्म मिर्गौला डायलाइसिस मेसिन पाउन सकेका छैनन् । गोर्खा अस्पतालले माग्दै नमागी १ थान मिर्गौला डायलाइसिस मेसिन पाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले ५ थान मिर्गौला डायलाइसिस मेसिन माग्दा १० थान पाएको छ । राप्ती प्रादेशिक अस्पतालले पनि ५ थान मिर्गौला डायलाइसिस मेसिन मानेकोमा ८ थान पाउन सफल भएको छ ।

त्रिवि शिक्षण अस्पतालले १० थान गोर्खा अस्पतालले माग्दै नमागी १ थान मिर्गौला डायलाइसिस मेसिन माग्दा ४ थान पाएको छ । नजिकै रहेको नेपाल प्रहरी अस्पताललाई भने नमागी ४ थान गोर्खा अस्पतालले माग्दै नमागी १ थान मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराइएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २ थान मिर्गौला डायलाइसिस मेसिन माग्दा ३ थान र भरतपुर अस्पतालले एउटै नमागी ५ थान पाएको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा मिर्गौला डायलाइसिस मेसिन पनि पहुँच र प्रभावका आधारमा वितरण हुने गरेको छ । अस्पतालको आवश्यकता र सेवाग्राहीको चापलाईभन्दा नेताको दबाबलाई प्राथमिकतामा राखेर स्वास्थ्य मन्त्रालयले मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराउँदै आएको पाइन्छ । यसमा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com