एक एक पाइला ठोकर्पा अस्पतालमा रोजगारीको अवसर


काठमाडौं  । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित एक एक पाइला आधारभूत अस्पतालमा रोजगारीको अवसर आएको छ । उक्त अस्पतालमा ४ जना स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर सिर्जना भएको हो ।

एक एक पाइला फाउण्डेसन र सुनकोशी गाउँपालिकाको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालाले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र डेन्टल हाईजेनिस्ट मागेको छ । एक एक पाइला फाउण्डेसनका अनुसार २ जना स्टाफ नर्स, १ जना हेल्थ असिस्टेन्ट र १ जना डेन्टल हाइजेनिस्टका लागि विज्ञापन खोलिएको हो ।

फागुन १६ गतेभित्र योग्यताका प्रमाणपत्रसहित आवेदन पेश गर्नु पर्ने फाउण्डेशनले प्रकाशित गरेको सूचनामा उल्लेख छ । फागुन २० गते अन्तर्वार्ता परीक्षाका माध्यमबाट छनौट गरिने उक्त सूचनामा उल्लेख गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com