स्वास्थ्यसहितका मन्त्रीहरूलाई बर्खास्त गर्ने संकेत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यसहित एमाले र राप्रपाका मन्त्रीहरुलाई बर्खास्त गर्ने संकेत गरेका छन् ।

प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा समाजावादी अध्यक्ष माधवकुमार नेपालबीच भएको त्रिपक्षीय भेटमा उनले राप्रपा र बर्खास्त गर्ने संकेत गरेका हुन् । राप्रपाका मन्त्रीले व्यवस्थाविरुद्ध अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री दाहाल असन्तुष्टि जनाउँदै आएका थिए ।  उनले हिजैको भेटमा राप्रपाका मन्त्रीहरू बर्खास्त गर्ने संकेत गरेका हुन् ।

देउवा र नेपालले एमालेका मन्त्रीहरू हटाएर सरकारमा पनि सम्मानजनक सहभागिता खोजेका छन् । कांग्रेस, समाजवादी र जनता समाजवादी पार्टी, नेपाललाई सरकारमा सहभागी गराउन स्वास्थ्यमन्त्रीसहित एमाले र राप्रपाका मन्त्रीलाई हटाउने संकेत गरेका हुन् ।

तीन शीर्ष नेताबीच भएको छलफलमा साढे २ वर्ष प्रचण्डले प्रधानमन्त्री चलाउने सहमति भएको छ । त्यसपछि नेपालले १ वर्ष र साढे १ वर्ष देउवा प्रधानमन्त्री बन्ने निश्चित भएको छ । नेपाली कांग्रेस, समाजवादी, जसपासहित दल राष्ट्रपति निर्वाचनसँगै सरकारमा सहभागी हुने जनाइएको छ ।

यता माओवादीले कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेपछि एमाले र राप्रपा सरकारबाट आफैं फिर्ता हुने गृहकार्य सुरु गरेको छ । दुबै दलको आज बैठक बस्दै छ । प्रधानमन्त्री दाहालले राप्रपा र एमालेका मन्त्रीहरु बर्खास्त गर्ने संकेत गरेसँगै सरकारबाट फिर्ता हुने तयारी गरेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com