हात्तीपाईले राेगविरुद्धको औषधि खुवाउने अभियान आजपनि जारी


काठमाडौं । आजपनि हात्तीपाईले राेग विरुद्धको औषधि खुवाउने अभियान जारी छ ।

सरकारले फागुन ११ गतेबाट देशका विभिन्न १५ जिल्लामा हात्तीपाईले राेगविरुद्धको औषधि खुवाउने अभियान सुरु गरेकोमा आज तेस्रो दिन पनि जारी रहेको छ ।

हात्तीपाइले रोग उन्मूलन नभएका जिल्लाहरूमा जारी अभियान फागुन २५ गतेसम्म चल्ने छ ।

स्वास्थ सेवा विभाग ईपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा औषधि खुवाइँदै छ।

हात्तीपाईले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन अभियानमार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com