गर्भवती आमामा थाइराइड हर्मोन कम भए के हुन्छ ?


थाइराइड ग्रन्थीमा गडबडी हुँदा हर्मोन उत्पादन थपघट हुन आउँछ । थाइराइड हर्मोन कम या बढी हुँदाको अवस्थामा फरक–फरक समस्या निम्तिन्छ । थाइराइड हर्मोनमा थपघट हुँदा महिलामा बढी समस्या देखिन्छ । महिनावारीमा गडबडी मात्रै होइन, सन्तान उत्पादनमै समस्या पैदा गराइदिन सक्छ ।

गर्भवती महलामा थाइराइड हर्मोन कम भयो भने बच्चामा गम्भरी असर गर्ने बताउँछन्, डा. सुमन‌ सिम्खडा :
१. आमामा थाइराइड हर्मोन कम हुँदा गर्भमा रहेको बच्चाको स्वास्थ्यमा गम्भीर असर निम्त्याउन सक्छ । शारीरिक र मानसिक दुवै पाटोमा समस्या गराउँछ ।

२. बच्चाको शारीरिक र मानसिक वृद्धिमै हर्मोनको अभाव खड्किन्छ । आमामा थाइराइड हर्मोन निरन्तर कम भइरहे गर्भको बच्चा अस्वस्थ र मानसिक रुपमै पूर्ण विकास नभएको बच्चा जन्मिन्छ ।

३. आमामा हर्मोन कम भए बच्चामा पनि कम हुन्छ । वंशाणुगत रुपमा यो समस्या बच्चामा सर्छ । त्यसैले बेलैमा आमालाई आवश्यक हर्मोन पूर्ति गरेर आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार गर्न सकिन्छ ।

४. थाइराइड हर्मोन सेवन गरेर थाइराइड हर्मोनको अभाव पूर्ति गर्न सकिन्छ । थाइराइड हर्मोन कम हुने समस्या भएका अधिकांश व्यक्तिले जीवनभर नै औषधि सेवन गर्नुपर्ने हुन सक्छ । औषधि सेवनसँगै हरेक ६–६ महिनामा रक्तपरीक्षण गरेर अवस्था थाहा पाउनुपर्छ ।

५. थाइराइड हर्मोन कम भएकी आमाबाट जन्मिएको बच्चाको एक हप्ताभित्र थाइराइड जाँच अनिवार्य गराउनुपर्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com