स्वास्थ्य लाइभ प्रभाव

वीपी प्रतिष्ठानको आईसीयू खरिद अनियमिततामा अख्तियारको एक्सन


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले खरिद गरेको १६ करोड बढीको आईसीयूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ ।

स्वास्थ्य लाइभमा उक्त आईसीयू खरिदमा अनियमितता भएको विषय सार्वजनिक गरेपछि अख्तियारले एक्सन लिएको छ । स्वास्थ्य लाइभले अदालतको आदेशको अपव्याख्या गरी वीपी प्रतिष्ठानका निलम्बित “किर्ते” प्राध्यापक ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. जगत नारायण प्रसादको मिलेमतोमा आईसीयू उपकरण खरिद गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यसलगत्तै अख्तियारले वीपी प्रतिष्ठानलाई ७ दिने पत्र काटेको हो ।

अदालतको आदेशको अपव्याख्या गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले आईसीयू उपकरण खरिदमा करोडौं अनियमितता भएको महालेखाको प्रारम्भिक निष्कर्ष छ ।

तत्कालीन अस्पताल निर्देशक डा. गौरीशंकर शाहले बोलपत्र रद्द गर्न लेखेको पत्र उल्ट्याएर डा. जगत नारायण र “किर्ते” प्राध्यापक गिरीको मिलेमतोमा अदालतको आदेशको अपव्याख्या गर्दै खरिद कार्य गरिएको देखिन्छ ।

महालेखाले १६ करोड बढीको आईसीयू खरिदमा यो विषयलाई सीधै बदमासी देखाएको छ । यसमा रजिष्ट्रार प्रा. डा. सूर्य प्रसाद संग्रौलाको समेत मिलेमतोको आशंका गरिएको छ ।

डा. जगत नारायण यीलगायतका उपकरण खरिद गर्न गिरीको सिफारिसमा अस्पताल निर्देशक बनेको आरोप लाग्दै आएको छ । गिरी, संग्रौला र जगत नारायणको मिलेमतोमा वीपीमा ठूल्ठूला अनियमितता भएको महालेखाको प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ । यी विषयहरू अब अख्तियारको क्षेत्राधिकारमा प्रवेश गरिसकेको देखिन्छ ।

 

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## निलम्बित उपकुलपति ज्ञानेन्द्र गिरी, #अस्पताल निर्देशक जगत नारायण, #वीपा कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com