वीपीका रजिष्ट्रार डा. संग्रौलाको दादागिरी

समाचारको विषयलाई लिएर वीपीका चिकित्सकमाथि साइबर ब्यूरोमा उजुरी


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार डा. सूर्य संग्रौलाले दादागिरी देखाउन थालेका छन् । रजिष्ट्रार संग्रौलाले समचारको विषयलाई निर्दोष चिकित्सक, शिक्षक र कर्मचारीमाथि साइबर ब्यूरोमा उजुरी हालेर दुःख दिन थालेका हुन् ।

महालेखाको प्रारम्भिक प्रतिवेदन ‘लिक’ गरेको आरोप निलम्बित उपकुलपति किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरी अस्पताल निर्देशक डा. जगत नारायणको डिजाइनमा रजिष्ट्रार संग्रौला साइबर ब्यूरो पुगेको भेटिएको छ ।

स्वास्थ्य लाइभले महालेखाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिदिएपछि अत्तालिएका रजिष्ट्रार संग्रौला साइबर ब्यूरोमा उजुरी पुगेका हुन् । वीपी प्रतिष्ठानभित्रका सम्पूर्ण अनियमिताता स्वास्थ्य लाइभमार्फत छताछुल्ल भएपनि उनी आफ्नै निर्दोष कर्मचारी र शिक्षकलाई साइबर ब्यूरोमा उजुरी हाल्न पुगेको देखिन्छ ।

वीपी प्रतिष्ठानका चिकित्सक डा. प्रकाश कुमार पराजुलीले रजिष्ट्रार संग्रौलाले आफूहरूमाथि साइबर ब्यूरोमा उजुरी हालेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । उनले आफूहरूसँग साइबर ब्यूरो काठमाडौंमा जाने र फर्किने खर्च समेत नभएकाे टिप्पणी गरेका छन् ।

वीपी प्रतिष्ठानले तलब उपलब्ध गराउन नसक्दा प्रतिष्ठानका कर्मचारीहरू बेखर्ची बनेका छन् । उनीहरूलाई सामन्य खर्च धान्न समेत समस्या परेको छ । तर, वीपी प्रतिष्ठानका रजिष्ट्रार डा. संग्रौलासहितको ध्यान कमिसन र अनियमिततामा केन्द्रित छ । महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले यो अवस्थालाई स्पष्ट चित्रण गरेको छ ।

‘तपाईं जस्तो प्रतिष्ठानको गाडी लिएर एअरपोर्ट जाने, प्रतिष्ठानकै पैसामा जहाजमा उड्ने अनि प्रतिष्ठान कै खर्चमा होटलमा बसेर रमाउने सुविधा हामीलाई छैन’, पराजुलीले दुःखेसो पोखेका छन् । रजिष्ट्रार संग्रौलाले आफूलाई जोगाउन निर्दोष व्यक्तिहरूलाई घानमा हाल्न खोजेको प्रस्टै देखिन्छ ।

प्रतिवेदनमा अनेकौं अनियमितता औँल्याएको छ । यो विषयलाई ढाकछोप गर्न रजिष्ट्रार संग्रौला मरिमेटेर लागेका छन् । अख्तियारद्वारा निलम्बित किर्ते प्रा गिरी र सङ्रौला मिलेर अनेकौं अनियमितता गरिएको महालेखाको ठहर गरेको छ ।

स्वास्थ्य लाइभले यो विषयलाई प्रमाणसहित बाहिर ल्याएपछि उनीहरूको निद हराम भएको देखिन्छ । साइबर ब्यूरो गुहार्नुको कारण पनि त्यहीं भएको टिप्पणी हुन थालेको छ ।

वीपी प्रतिष्ठानको रजिष्ट्रार बन्न डा. संग्रौलाको योग्यता नपुग्ने चर्चा छ । उनको योग्यतामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गर्न जरूरी छ । उनको योग्यताको विषयमा स्वास्थ्य लाइभले थप खोजबिन गर्नेछ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #वीपी प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य संग्रौला सं, #साइबर ब्यूरो

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com