यी लक्षण देखिनु अगावै मिर्गौला समय समयमा परीक्षण गर्नु उपयुक्त


दीर्घरोगको रुपमा रहेको मिर्गौला रोगका कारण जुनसुकै उमेर समूहका मानिसहरू प्रभावित भइरहेका छन् ।

मिर्गौलामा समस्या हुनुका विभिन्न कारण भएकाले यसबारे सचेत हुनु आवश्यक हुन्छ । मिर्गौला सम्बन्धी समस्या हुनु भनेको पछिल्लो समय सबैले बुझ्न थालेका छन् । तरपनि मिर्गौलामा समस्या किन हुन्छ र कसरी जोगिन सकिन्छ भन्नेमा मानिसहरू अझै सचेत र जानकार हुन सकेका छैनन् ।

मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेका अनुसार मिर्गौला रोगको समयमै पहिचान हुन सके मानिस स्वस्थ हुन सक्छ ।

मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ । यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ । यही महत्वपूर्ण अङ्गमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ ।

डा. काफ्लेले पछिल्लो समय मिर्गौला सम्बन्धी रोग विश्वमा मात्रै नभई नेपालमा पनि बढ्दै गएको बताए । उनले नेपालमा मिर्गौलाका बिरामीलाई सरकारले डायलासिस निः शुल्क गरेको भएपनि मिर्गौला सम्बन्धी रोग लाग्नै नदिनका लागि मानिस अझै सचेत हुन नसकेको बताए ।

उनले स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला बिग्रिएको थाहा नहुने भन्दै ९० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्रै बिरामीमा लक्षणहरू देखिने गरेको उल्लेख गरे ।

मिर्गौला बिग्रिएपछि शरीर सुन्निने, पिसाब गन्हाउने, छाला सुक्खा हुने, शरीर चिलाउने, पिसाब धेरै हुने वा पिसाब राम्रोसँग नहुने जस्ता लक्षणहरू देखिने गरेको उनले बताए । तर, यी लक्षण देखिनु अगावै समय समयमा परीक्षण गर्नुपर्ने डा. काफ्लेले सुझाव दिएका छन् :
उच्च रक्तचाप
मधुमेह
मिर्गौलामा हुने नेफ्राइटिस (पिसाबबाट प्रोटिन जाने रोग)
मिर्गौलामा संक्रमण भएमा
मिर्गौलामा पत्थरी भएमा
प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा
पाठेघर खस्ने समस्याले पिसाब रोकिएमा

जथाभावी रुपमा औषधि सेवन गर्दा मिर्गौला स्वास्थ छ वा छैन कसरी थाहा पाउने ?
पिसाबमा प्रोटिन गएको छैन भने मिर्गौला सम्बन्धी रोग लागेको हुनसक्छ । त्यसैले पिसाव सम्बन्धी समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ ।

यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला बिग्रिन सुरु भएको सङ्केत हुनसक्छ । यस्तै अल्टासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला बिग्रिएको छ/छैन । पत्थरी वा फोका आएको छ वा छैन । शरीरमा दुवै मिर्गौला छ वा छैन पत्ता लगाउन सकिन्छ ।

त्यसैले वर्षमा एकपटक परीक्षण गरेर मिर्गौला स्वस्थ छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । समय–समयमा स्वास्थ्य परीक्षण गराउदा मिर्गौलामा समस्या भएको समयमै पत्ता लगाउन सकिन्छ र समयमै उपचार गर्दा मिर्गौला जोगाउन सकिन्छ ।

मिर्गौला बिग्रन नदिन के गर्ने ?
बिहान उठ्ने वित्तिकै पानी पिउने एकदिनमा ३ लिटरसम्म
पिसाब लाग्ने गरी पानी खानुपर्छ हरेक दिन १० हजार पाइला हिँड्नुपर्छ समयमा सुत्ने बानी गर्नुपर्छ, बिहान समयमै उठ्ने बानी गर्नुपर्छ
धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने
मासु धेरै नखाने
उमेर बढ्दै गएपछि मासु नखाने
उमेर बढ्दै गएपछि दुध, दहि कम खाने
मैदाको परिकारहरू सकेसम्म नखाने वा कम खाने
दाल, भात, तरकारी तथा सागसब्जी खाने खाना खाने तथा खाजा खाने समयको रुटिङ हुनुपर्छ
परिवारमा कसैलाई मिर्गौला सम्बन्धी रोग छ भने मिर्गौला परीक्षण गर्नुपर्छ आफ्नो उचाइ अनुसार शरीरको तौल मेन्टेन गर्नुपर्छ नियमित व्यायम गर्ने

उपचार :
यसको उपचार भनेको मिर्गौला बिग्रिसकेपछि डायलासिस गर्ने र मिर्गौला प्रत्यारोपण गर्नु हो । तर, यो मिर्गौला बिग्रिसकेको अवस्थामा मात्रै हो ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com