प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै


काठमाडौं । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत लिने भएका हुन् ।

सरकार बन्दाका बखत राष्ट्रपति कार्यालयमा समर्थन गर्ने दल नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिनु परेको हो । उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिएर सरकारमा सहभागी हुने भएको छ । कांग्रेसले विश्वासको मत दिने भएपछि प्रचण्ड सरकार सहजै बहुमतमा देखिन्छ ।

प्रचण्ड सरकारमा स्वास्थ्यमन्त्रीसहित सहभागी भएका एमालेका मन्त्रीहरू सरकारबाट फिर्ता गएपछि अहिले प्रचण्डको काँधमा १६ वटा मन्त्रालय रहेको छ । स्वास्थ्यमा मन्त्री नहुँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी नियुक्तिमा ढिलाई भएको छ । अबको एक/दुई दिनभित्रै मुलुकले स्वास्थ्यमन्त्री पाउने सम्भावना बढेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #न्याम्स, #प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #विश्वासको मत, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com