स्वास्थ्यको बजेट झन्डै २५ अर्बले घट्यो, नयाँ मन्त्रीमाथि लगाम


काठमाडौं । आर्थिक संकटमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट झन्डै २५ अर्ब घट्ने भएको छ ।

राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट सीमा झन्डै २५ अर्बले घटाईदिएको हो । यसले स्वास्थ्यका आगामी कार्यक्रमहरू प्रभावित हुने देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० मा ६९ अर्ब ३८ करोड २ लाख रुपैयाँ रहेको स्वास्थ्यको बजेटमा भारी कटैती भएको छ । योजना आयोगले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट २४ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ घटाइदिएको छ । आयोगले स्वास्थ्यलाई आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ४५ करोड ७१ लाख रुपैयाँको सिलिङ तोकेको छ । यो भनेकाे अघिल्लो वर्षको बजेटमा झन्डै ३६ प्रतिशत घटी हो ।

आयोगले स्वास्थ्यको बजेट सिलिङ घटाइदिएसँगै नयाँ योजना हाल्न समस्या पर्ने छ । नयाँ आउने स्वास्थ्यमन्त्रीले पूरा हुन नसकेका कार्यक्रममै बजेट विनियोजन गर्नु पर्ने भएकाले नयाँ काम नदेखिने खतरा हुन्छ । यो नयाँ मन्त्रीमाथि कार्यक्रम बाधेर लगाम लगाए सरह हो ।

स्वास्थ्यले आधारभूत अस्पतालका निर्माणाधीन भवनहरूलाई समेत आवश्यक बजेट दिन सकेको छैन । स्वास्थ्यको बजेटमा अर्थले मनपरी कैँची लगाउन थालेको छ । बजेटको सिलिङ नैं घटेर आएपछि आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालय ‘प्यारालाइज’ हुने सम्भावना छ ।

स्वास्थ्यका अधिकारीहरूले यो विषयमा मुख खोलिसकेका छैनन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #बजेट, #राष्ट्रिय योजना आयोग, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com