सिभिल अस्पतालकाे आन्दोलनमा श्रमजीवी पत्रकारको एक्यवद्धता


काठमाडौं । सिभिल अस्पतालमा जारी आन्दोलनमा श्रमजीवी पत्रकार सङ्घले एक्यवद्धता जनाएको छ ।

विभिन्न ६ बुँदे माग राखेर अस्पतालका डाक्टर र कमर्चारीहरू आन्दोलनमा उत्रेका छन् । कर्मचारी र डाक्टरको मागलाई सम्बोधन गराउन श्रमजीवी पत्रकार सङ्घले एक्यवद्धता जनाएको हो ।

आइतवार चिकित्सक तथा कर्मचारीले दिउँसो खाजा खाने समयमा करिब १५ मिनेट विभिन्न मागसहितका प्लेकार्ड बोकेर अस्पतालको मूल ढोका अगाडि धर्ना बसेका थिए ।

निजामती कर्मचारी अस्पताल कर्मचारी सङ्घका अध्यक्ष सन्तोष धिमालले आजदेखि माग सम्बोधन नभएसम्म अस्पतालको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनमा मात्रै तालाबन्दी गर्ने र सात गतेबाट २४ घण्टे रिले अनसन बस्ने चिकित्सक तथा कर्मचारीले बताएका छन् ।

निजामती कर्मचारी अस्पतालमा विगत लामो समयदेखि आन्दोलन गरिरहेको भन्दै व्यवस्थापनले दिएको आश्वासनपछि लिखित सहमति गरी आन्दोलन स्थगित गरेको तर, व्यवस्थापन पक्षले कर्मचारीको वृद्धि विकास स्थायित्वको बर खिलाफमा गई पदपूर्ति लागि अन्याय हुने गरी विज्ञापन गरेकाले पुनः आन्दोलनमा उत्रिनु परेको धिमालले बताए।

आन्दोलन जारी भएपनि अस्पतालमा बिरामीको उपचार सेवामा भने कुनै बाधा पुगेको छैन ।

अस्पतालका कार्यकारी निर्देशक अक्षम भएकाले राजीनामा गर्नुपर्ने, पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर्नुपर्ने लगायतका माग उनिहरूको छ ।

यस्तो छ आन्दोलनरत डाक्टर र कर्मचारीको माग :

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com