बागमती प्रदेश सरकारबाट स्वास्थ्यसहित एमालेका मन्त्रीले राजीनामा दिँदै


काठमाडौं । स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठसहित एमालेका मन्त्रीहरुले आज बागमती प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिनु अगाडि एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारीमा गरेका हुन् । उनीहरूले संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी थालेका छन् ।

नेकपा एमालेका तर्फबाट स्वास्थ्यमन्त्रीमा श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले एकैपटक राजीनामा दिने भएका छन् । मुख्यमन्त्री जम्कट्टेलले बर्खास्त गर्ने तयारी गरेपछि एमालेका मन्त्रीहरू आफैं हट्न तयार भएका हुन् ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीकाे समर्थनमा गत पुस २७ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त भएका हुन् । माघ ११ गते मन्त्री नियुक्त भएका स्वास्थ्यमन्त्रीमा श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री पोखरेलले दुई महिना नपुग्दै सरकार छाड्नु परेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, #बागमती प्रदेश सरकार, #रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल, #श्रम, #स्वास्थ्यमन्त्रीमा श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com