स्वास्थ्यसहित एमालेका मन्त्रीहरू बागमती प्रदेश सरकारबाट बाहिरिए


काठमाडौं । स्वास्थ्यसहित एमालेका मन्त्रीहरू बागमती प्रदेश सरकारबाट बाहिरिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वास मत लिने तयारी थालेपछि स्वास्थ्यसहित एमालेका मन्त्रीहरू बागमती प्रदेश सरकारबाट बाहिरिएका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार एमाले बागमती प्रदेश सरकारबाट फिर्ता भएको छ मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वास मत पनि नदिने निर्णय भएको उनले जनाए ।

नेकपा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री थपलिया, श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल सरकारबाट बाहिरिएका छन् । उनीहरू आजै सामुहिक राजीनामा बुझाउँदै छन् ।

एमालेका मन्त्रीहरु बाहिरिएपछि कांग्रेसलाई बागमती सरकारमा सामेल हुन सहज भएको छ । मुख्यमन्त्री जम्कट्टेललाई विश्वास मत दिएर कांग्रेस स्वास्थ्यसहितका मन्त्रालय लिएर सरकारमा जाने तयारीमा छ ।

क्याटेगोरी : समाचार
ट्याग : #एमाले-कांग्रेस, #बागमती प्रदेश सरकार, #मुख्यमन्त्री शालिकराम जम्कट्टेल बागमती प्रदेश, #स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com