अनियमित महिनावारीका कारण तनावमा हुनुहुन्छ ? घरमै पाईने यी खानेकुरा खानुहोस्..


महिनावारीमा अनियमितता हुने समस्याका कारण महिलाहरूमा तनाव उत्पन्न गराउँछ । विशेषगरी किशोरीहरूका लागि महिनाका ती दिनहरू निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ ।

आधुनिक जीवनशैली, वातावरणीय प्रदुषण र शहरी खानपानमा आएको परिवर्तनका कारण धेरैजसो किशोरीहरूलाई महिनावारी भएका बेला अत्यधिक पीडाको महशुस हुनु र दैनिकी तनावपूर्ण हुनु अहिले सामान्य भइसकेको छ ।

निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरू खानाले महिनावारी हुने गर्दछ । जसबाट महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । यसरी अनियमित रुपमा महिनावारी हुँदा पेट, कम्मर र ढाँडमा पीडा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो र कष्टपूर्ण हुने गर्दछ ।

यस्तो कष्टपूर्ण पीडाबाट राहत दिने केहि घरेलु उपचारहरू पनि छन् । जसको सेवनले तपाईंलाई आराम हुन्छ ‌। बीबीसी फूडका अनुसार यी खाने कुरालाई आफ्नो खानामा नियमित समावेश गर्नुहोस्:

१. गाजर : गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

२. मेवा : महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

३. दूध : दूध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दूध पिउने गर्नुहोस् यसले तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईंलाई दूध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खानसक्नुहुन्छ ।

४. घ्यूकुमारी : महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ ।

५. तुलसी : पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

६. अदुवा : एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

७. व्यायाम : हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

८. जङ्क फूडहरूबाट टाढै रहनुहोस् : मासिक धर्मको बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्नुहोस् । जति सक्नुहुन्छ जङ्क फूड नखानुहोस् र रक्सीबाट टाढै रहनुहोस् ।

९. तातो पानीले नुहाउनुहोस् : तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com