प्रतिष्ठानको पदाधिकारी वरिष्ठ प्राध्यापकहरूमध्येबाट नियुक्त गर्न वीर अस्पताल ट्रेड युनियनको माग


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रतिष्ठानको पदाधिकारी वरिष्ठ प्राध्यापकहरूमध्येबाट नियुक्त गर्न माग गरेको छ ।

युनियनले आइतबार प्रष्तिठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य सचिवलाई ज्ञापनपत्र दिँदै पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठानकै वरिष्ठ प्राध्यापकहरूबाट गर्नुपर्ने माग राखेको हो ।

ट्रेड युनियनका अध्यक्ष डा.प्रकाश बहादुर थापाले पदाधिकारीमा ५१% पदाधिकारी प्रतिष्ठान सेवा (वीर अस्पतालमा कार्यरत प्रतिष्ठान तर्फ) शिक्षक/कर्मचारीबाट नियुक्ति गर्नुपर्ने पनि माग गरेकोे बताए ।

उनले युनियनले स्थापनाकालदेखि नै सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो र छिटोछरितो सेवा प्रदान गर्न र कर्मचारीहरूको वृत्ति विकासको सम्बन्धमा प्रतिष्ठानमा पहल गर्दै आइरहेकाले पनि यो माग राखेको बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com