निजामती अस्पतालका आन्दोलनरत कर्मचारी र सरकारबीच सहमति जुट्यो, आन्दोलन स्थगित


काठमाडौं । निजामती कर्मचारी अस्पतालका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति भएको छ ।

आन्दोलनको १४ औं दिनमा सरकार र आन्दोलनरत पक्षबीच सहमति भएको हो ।सहमति जुटेसँगै कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन् ।

सोमवार भएको वार्तामा निजामती अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) नियमावली र निजामती कर्मचारी अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन प्रक्रिया १ महिनाभित्र पेश गर्ने र सो क्रममा चिकित्सक, कर्मचारी युनियन लगायतको प्रतिनिधिको समेत सहभागिता रहने, ज्यालादारीमा कार्यरत कर्मचारीहरूको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडी बढाउने लगायतको सहमति भएको हो ।

विभिन्न ६ बुँदे माग राखेर आन्दोलनमा उत्रेका झन्डै ६ सय कर्मचारीले अस्पतालका सेवा सुचारु राख्दै शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका थिए ।

व्यवस्थापन पक्षले कर्मचारीको वृत्ति विकास स्थायित्वको बर खिलाफमा गई पदपूर्तिका लागि अन्याय हुने गरी विज्ञापन गरेकाले कर्मचारीहरू आन्दोलनमा उत्रेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com