भारत सरकारद्वारा कम गुणस्तरको औषधि बनाउने १८ वटा औषधि उद्योगको लाइसेन्स रद्द


भारत। भारत सरकारले देशभर रहेकामध्य १८ वटा औषधि उद्योगको लाईसेन्स रद्द गर्ने निर्णय गरेको छ ।

भारत सरकारले कम गुणस्तरयुक्त औषधि बनाउने आरोप लागेका १८ वटा औषधि उद्योगको लाइसेन्स रद्द गरेको हो ।

बीबीसीका अनुसार, ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीजीसीआई) तर्फबाट देशका २० राज्यको जाँच गरिएको थियो । जाँचमा कम गुस्तरयुक्त औषधि फेला परेपछि केन्द्र सरकारले यो निर्णय गरेको हो ।

डीजीसीआईले केहि समय अघि तान्जानिया, गाम्बिया र उज्बेकिस्तान जस्ता मुलुकमा कफ सीरपको सेवनबाट बालबालिकाको मृत्यु भएपछि यो छानविन गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार भारतमा उत्पादित कम गुणस्तरयुक्त औषधिका कारण गत वर्षको अगस्टदेखि हालसम्म लगभग ३ सय बालबालिकाको मृत्यु भइसकेको छ ।

नक्कली औषधि बनाउने आरोपमा हिमाचल प्रदेशको ७०, उत्तराखण्डको ४५ र मध्य प्रदेशको २३ वटा औषधि बनाउने उद्योगमाथि कारबाही गरेको थियो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com