राष्ट्रपति पौडेलद्वारा स्वास्थ्यबाहेक महत्त्वपूर्ण सल्लाहकार नियुक्ति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यबाहेक महत्त्वपूर्ण क्षेत्रमा सल्लाहकार नियुक्ति गरेका छन् । उनले स्वास्थ्यबाहेकका सल्लाहकार भटाभट नियुक्ति गरेका हुन् ।

फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका पौडेलले आज प्रमुख राजनीतिक सल्लाहकार नियुक्ति गरेका छन् । राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा भएका हुन् । हिजो मात्र आर्थिक र कानुनी सल्लाहकार नियुक्ति गरेका राष्ट्रपति पौडेलले आज थापालाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका छन् ।

राष्ट्रपति भएको भोलिपल्ट डा. शुरेशचन्द्र चालिसेलाई परराष्ट्र सल्लाहकार बनाएका पौडेलले आज प्रमुख राजनीतिक सल्लाहकार टुंगो लगाएका छन् । थापालाई शेरबहादुर देउवाको प्रस्तावमा राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकार बनाएको चर्चा छ ।

राष्ट्रपति पौडेलले हिजो मात्र कानुनी सल्लाहकारमा बाबुराम कुँवर र आर्थिक सल्लाहकारमा चीरञ्जीवी नेपाललाई नियुक्ति गरेका थिए । उनले उपयुक्त स्वास्थ्य सल्लाहकार(निजी चिकित्सक) भने अझै भेटेका छैनन् ।

क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक सल्लाहकारका डा. चिरञ्जीवी नेपाल, #परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसे, #राष्ट्रपति रामचन्द्र पौडेल, #राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा, #राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com