कांग्रेसको भागमा स्वास्थ्यसहित यी मन्त्रालय, कसको भागमा कुन पर्ला ?


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता गठनबन्धनको बैठकमा मन्त्रालयहरुको प्रारम्भिक प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई स्वास्थ्यसहित  ८ मन्त्रालय दिने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार कांग्रेसलाई स्वास्थ्य, सामान्य प्रशासन, सहरी विकास, अर्थ, रक्षा, परराष्ट्र, कानुन र भूमि व्यवस्था मन्त्रालय दिने प्रस्ताव गरिएको छ ।

नेकपा माओवादी केन्द्रले गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला बालबालिका मन्त्रालय लिने गरी गठबन्धनको बैठकमा प्रस्ताव गरिएको छ । स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालले शिक्षा र कृषि मन्त्रालय पाउने गरी प्रस्ताव गरिएको हो ।

एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ । नेपाल समाजवादी पार्टी (नेसपा)लाई खानेपानी मन्त्रालय‚ जनमत पार्टीले उद्योग,  मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा र  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले श्रम मन्त्रालय दिने प्रस्ताव गरिएको छ । मन्त्रालयको टुंगो आजै लाग्ने छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com