स्वास्थ्यमन्त्री बन्दै मोहन बस्नेत


काठमाडौं । नेपाली कांग्रेसले मोहनबहादुर बस्नेतलाई स्वास्थ्यमन्त्री बनाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बस्नेतलाई स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।

बस्नेतले पनि स्वास्थ्य लाइभसँग आफुलाइ स्वास्थ्यकाे जिम्मेवारी दिएकाे बताए । सम्बन्धित ठाउँबाट स्वास्थ्यमा पठाउने टुंगो लगाएकाे जानकारी पाएकाे बस्नेतले बताए ।

बस्नेत सिन्धुपाल्चोक-२ बाट पूर्वस्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । हक्की स्वभावका बस्नेत स्वास्थ्य राज्यमन्त्री समेत भइसकेका व्यक्ति हुन् ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस  सरकारमा सहभागी हुने भएको छ । उनी उपप्रधानमन्त्रीसहित रक्षामन्त्री पाउने सम्भावना छ ।

कांग्रेसबाट अर्थ मन्त्रालयमा प्रकाशशण महत, सामान्य प्रशासनमा धनराज गुरुङ, सहरी विकासमा एनपी साउद, भूमि व्यवस्थामा सीता गुरुङ र कानुनमा डिगबहादुर लिम्बुको नाम प्रस्ताव गरिएको छ । कांग्रेसबाट परराष्ट्रमन्त्री भने रमेश रिजाल बन्ने भएका छन् ।

कांग्रेस सभापति देउवा निकट एक नेताका अनुसार कांग्रेसबाट मन्त्री बन्नेको सूची देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई आजै बुझाउने तयारी छ । केही मन्त्रीको नाम हेरफेर हुने सम्भावना भने जीवित रहेको ती नेताले स्वास्थ्य लाइभलाई   बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com