रक्तचाप कम हुँदा यी घरेलु उपाय अपनाउन सकिन्छ…


सामान्यतया बढी ब्लड प्रेसर (उच्च रक्तचाप) जस्तै लामो समयसम्म कम ब्लड प्रेसर (कम रक्तचाप) पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । कम ब्लड प्रेसरका कारण दिमाग र किड्नी दुबैलाई समस्या हुन सक्छ । ब्लड प्रेसर कम हुँदा किड्नी फेल हुनुको साथै मस्तिष्कमा समेत असन पर्ने गर्छ ।

कम ब्लड प्रेसर भएको अवस्थामा अक्सिजन र पोषण तत्वलाई मस्तिष्कसम्म पुग्नमा रोक लगाउन सक्छ । जसका कारण मस्तिष्कघात पनि हुन सक्ने जोखिम हुन्छ ।

शरीरमा पानीको मात्रा कम हुँदा ब्लड प्रेसर कम हुन थाल्छ । मुटुलाई स्वस्थ राख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्भावस्था, हर्मोनको असन्तुलन, मधुमेह, लो ब्लड सुगर, औषधिको प्रभाव हृदयको असामान्य धड्कन जस्ता कारण पनि कम ब्लड प्रेसरका हुन सक्छ ।

कम ब्लड प्रेसर हुँदा सर्व प्रथम कम ब्लड प्रेसर हुनुको कारण पत्ता लगाउनु पर्छ । कम ब्लड प्रेसर भएमा छाती दुख्ने, सास फल्ने, ज्वरो आउने, वान्ता हुने, झाडापखाला लाग्ने, चक्कर लाग्ने, आँखाको अगाडि अँध्यारो देख्ने, बेहोस हुने, अत्याधिक थकान लाग्ने, कमजोरी जस्ता लक्षण देखापर्छ । यसको उपचार लक्षणको तीव्रता, स्वास्थ्य स्थिति अनुसार निर्भर हुन्छ ।

कम ब्लड प्रेसर हुँदा ब्लड प्रेसरलाई सामान्य राख्ने उपायहरू :
पानीः शरीरमा कुनै कारणबस पानीको मात्रा कम हुँदा ब्लड प्रेसर कम हुन जान्छ । यस्तो अवस्थामा पानीको मात्रा बढाउँदा ब्लड प्रेसर नियन्त्रणमा राख्न सकिन्छ । गर्मी मौसममा अत्याधिक पसिना आउने र पानीको कमी हुँदा ब्लड प्रेसर धेरै कम हुन्छ ।

नुनः ब्लड प्रेसर कम हुँदा खानामा नुनको मात्रा थोरै बढाउनु पर्छ । गर्मीको समयमा चिसो पानीमा चिनी, नुन र कागति मिसाएर पिउँदा फाइदा हुन्छ । नुनको मात्रा बढाउनु पूर्व चिकित्सकको सल्लाह लिनुपर्छ । नुन मात्रा बढी हुन गएमा स्वास्थ्यमा नकारात्मक असन पर्नुको साथै प्रेसर बढ्न पनि सक्छ ।

रक्सीः रक्सी सेवन बिल्कुलै गर्नुहुँदैन । रक्सी पिउँदा पिसाब धेरै आउने र शरीरमा पानीको कमी हुन गई ब्लड प्रेसर कम हुन्छ ।

आहारः खानामा सँधैभरी पौष्टिक आहार समावेश गर्नु उचित मानिन्छ । शरिरमा पौष्टिक तत्वको अभाव हुँदा ब्लड प्रेसर कम हुनुका साथै कमजोरी हुन्छ । स्वास्थ्यको लागि घातक मानिने फास्टफुड खानु भन्दा हरियो सागसब्जी र फलफुल खानु पर्छ । खानामा किसमिस, बदाम, गाजर, तुलसी, कागतिको सेवन गर्नु राम्रो मानिन्छ ।

व्यायामः उमेर र आफ्नो क्षमताअनुसार हरेक दिन व्यायाम गर्दा स्वास्थ्यमा फाइदा पुग्छ । व्यायाम गर्दा मुटु र रक्त नलि स्वस्थ र मुटुको धड्कन राम्रो हुन्छ ।

जीवनशैलीः सर्व प्रथम तनाव रहित जीवन जीउने प्रयास गर्नुपर्छ । आफू बसेको स्थान वा पोजिसन फेर्ने समयमा विस्तारै गर्नुपर्छ । अचानक सुतेर बस्ने वा बसेर उठ्दा कहिले काहीँ ब्लड प्रेसर कम हुँदा चक्कर आउन सक्छ । त्यसैले पोजिसन बदल्दा विस्तारै गर्नुपर्छ । यदि उभिदा चक्कर आउँछ भने कुनै पनि वस्तुको सहारा लिएर उभिने । यसो गर्दा रक्त सञ्चार ठीक हुनुको साथै ब्लड प्रेसर सामान्य हुन जान्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com