बालमस्तिष्क पक्षघात हुँदा यस्ता परिवर्तन देखिन सक्छ…


बालमस्तिष्क पक्षघात भनेको बच्चाको शारीरिक, मानसिक, संवेगात्मक लगायत विकासमा विविध कारणले मस्तिष्कमा असर पर्नु हो । जसले गर्दा बच्चा असामान्य वा असक्त अवस्थामा पुग्छ ।

अधिकांश अवस्था हेर्ने हो भने बाल मस्तिष्क पक्षघात, मस्तिष्कमा अक्सिजनको कमीले हुने गरेको पाइन्छ । नेपालमा बालमस्तिष्क पक्षघातका बिरामी कति छन् अहिलेसम्म एकीन तथ्याङ्क छैन् । तर, विकसित राष्ट्रहरूमा पनि यो रोगका बिरामी धेरै रहेको अध्ययनहरूले देखाएका छन् । बालबालिकामा यस्तो समस्या देखियो भने परिवारमा आर्थिक, सामाजिक र मानसिक पीडा बढ्छ ।

बाल मस्तिष्क पक्षघात धेरै प्रकारको हुन्छ । यसले सामान्यदेखि गम्भीर प्रकारको असरसम्म पार्न सक्छ । मस्तिष्कमा कति असर गर्यो सोही अनुसार बच्चाको अवस्थामा परिवर्तन आउन सक्छ ।

बालमस्तिष्क पक्षघात हुँदा यस्ता परिवर्तन देखिन्छन् :
—हिँड्डुल गर्दा लर्खराउने ।
—सोझो भएर बस्न नसक्ने ।
—उभिन गाह्रो हुने ।
—बोली लर्बराउने, स्पष्ट आवाज नआउँने ।

बाल मस्तिष्क पक्षघातको बेलैमा पहिचान गरि उपचार गर्न सकिए बालबालिकालाई पुनःसामान्य अवस्थामा ल्याउन सकिन्छ । तर,थोरै मात्र असावधानी गर्यो वाभयो भने सदाको लागि गम्भीर असरपर्न सक्छ । यदि बच्चालाई छारे रोग लागेको र वृत्तिविकासमा ह्रास आएको छ भने यसले झनै गम्भीर असर पुग्छ । बाल मस्तिष्क पक्षघात भएका बालबालिकामा एकै प्रकृतिको समस्या नदेखिन पनि सक्छ । कसैमा वृत्तिविकास हुँदैन भने कसैमा न्यून गतिमा हुन सक्छ ।

यस कारण बालमस्तिष्क पक्षघातः

बाल मस्तिष्क पक्षघात जन्मपूर्व, जन्मने क्रममा, र जन्म पश्चात पनि हुनसक्छ ।

गर्भमा रहँदा : गर्भवती अवस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड, दादुरा, रुबेला सङ्क्रमण हुनु । कुपोषण हुनु, मानसिक तनाव बढी, दुर्घटनामा परी चोटपटक लाग्दा गर्भमा रहेको बच्चामा असर पर्नु, समय नपुगी बच्चा जन्मदा बच्चामा बाल मस्तिष्क पक्षघात हुन सक्छ ।

बच्चा जन्मदाः यदि सुत्केरी हुने समय वा प्रसवको बेला लामो समय बेथा लागेर शिशुको मस्तिष्कमा चोट पुग्नु । दक्ष स्वास्थकर्मी बाहेकका व्यक्तिले सुत्केरी गराउनु । बच्चाको टाउको समातेर बच्चा निकाल्नु । बच्चाको नाभी काट्दा वा बच्चालाई लिदा फोहोर कपडा लगायतले बेर्दा संक्रमण हुनु, कमतौलको बच्चा जन्मनु । जन्मिने बितिकै बच्चा नरुनु, असामान्य अवस्थामा देखिनु जसले गर्दा बच्चाको मस्तिष्कमा अक्सिजनको कमी हुन्छ र बच्चामा मस्तिष्क पक्षघात हुन्छ ।

बच्चा जन्मपछि : मस्तिष्कमा चोटपटक लाग्नु । बच्चाको मस्तिष्कमा सङ्क्रमण हुनु । (मेनिञ्जाइटिस, इन्सेफ्लाइटिस जस्ता रोग लागेको छ भने पनि यस्तो हुनसक्छ ।) यी बाहेक वंशाणुगत गुणको पनि प्रभाव पर्न सक्छ ।

बचाउने उपाय :
बाल मस्तिष्क पक्षघात हुनबाट बचाउँन गर्भावस्था देखिनै आमा सचेत हुनुपर्छ । गर्भास्थामा पौष्किक आहारयुक्त सन्तुलित खाना खाने, प्रशस्त पानी पिउने, धुम्रपान, मद्यपान नगर्ने, कुनै पनि समस्या देखिए चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्ने, उच्च रक्तचाप, मधुमेह नियन्त्रणमा राख्ने ।

बच्चा जन्माउँदा स्वास्थ संस्था जाने, बच्चा जन्मने बितिकै बच्चालाई सफा वातावरणमा राख्ने, नियमित स्वास्थ जाँच गराउने, बच्चालाई दिने खोप सबै लगाउँने, कुपोषण हुनबाट बचाउँने, बच्चामा कुनै समस्या देखियो भने विशेषज्ञको सल्लाह बमोजिम मात्र औषधि सेवन गराउने । यस्ता सावधानी अपनायो भने बाल मस्तिष्क पक्षघात हुनबाट धेरै हदसम्म बचाउँन सकिन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ