योनीको क्यान्सर के हो ? जानौं यसका लक्षणबारे


क्यान्सर दीर्घ र नसर्ने रोग हो भनेर हामीले बुझ्नु पर्छ । यो रोगलाई निकै भयावह रोगको रुपमा लिइन्छ । तर, पछिल्लो समय क्यान्सरका विभिन्न उपचार विधिले मानिसको ज्यान जोगाउने काम गरिरहेको छ ।

क्यान्सर जुनसुकै उमेर समूह र लिङ्गका मानिसमा हुनसक्छ । विशेषतः महिलामा लाग्ने क्यान्सर मध्ये योनीको  क्यान्सर पनि एक हो । योनी क्यान्सर के हो, कसरी लाग्छ र कसरी बच्ने भनेर स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सृष्टि श्रेष्ठ प्रजापती यसो भन्छिन् :

कुनै समय क्यान्सरको उपचार असम्भव मानिन्थो । तर, वैज्ञानिक आविष्कारसँगै क्यान्सरको प्रकृति हेरी उपचार सम्भव भएको छ । महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर पनि एक हो । यौनाङ्गका कोषिकाहरू असामान्य रुपमा वृद्धि भई त्यसको नकारात्मक प्रभाब देखिनु नै योनीको क्यान्सर हो ।

योनीकोे क्यान्सर पाँच प्रतिशत महिलामा लाग्ने गरेको विभिन्न अध्ययन प्रतिवेदनको तथ्याङ्कमा उल्लेख छ । योनीको क्यान्सरबाट धेरै महिला पीडित छन् ।

योनीको क्यान्सर हुने कारण यस्ता छन् :
ह्युमन प्यापुलमा भाइरसको सङ्क्रमण ।

कुनै पनि छालामा लाग्ने रोगलाई बेवास्ता गर्दा योनीको क्यान्सरको रुपमा परिणत हुन सक्छ ।

धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु ।

योनी फोहोर राख्नु । महिनावारी भएको बेला फोहोर कपडा वा प्याडको प्रयोग गर्नु । (जसले गर्दा योनीमा सङ्क्रमण हुन्छ र पछि यही सङ्क्रमण क्यान्सरमा परिणत हुन्छ ।)

यो क्यान्सर महिनावारी सुकेका माहिलामा बढी सम्भावना हुन्छ ।

लक्षणहरू :
योनीको बाहिरी भागको छालाको रंग सेतो सेतो देखिने गरि परिवर्तन हुनु ।

योनी वरीपरिको छाला चिलाउनु ।

योनी पोल्नु ।

सेतो पानी बग्नु ।

बच्ने उपाय :
सधैं योनी सफा राख्ने ।

धेरै व्यक्तिसँग यौन सम्पर्क नराख्ने ।

स्वस्थ खानपानमा ध्यान दिने ।

कम्तीमा वर्षको एक पटक योनी परीक्षण गराउने ।

हाम्रो समाजमा यौनाङ्गमा लाग्ने रोगको बारेमा खुलेर अझै पनि कुरा गर्न संकोच मानिन्छ । जसले गर्दा योनीमा धेरै रोग लाग्ने सम्भावना बढी छ । यस्तो अवस्था आफैले बेला बेलामा योनीको राम्ररी अवलोकन गर्ने ।

कुनै सङ्का लाग्न साथ गराउने परीक्षण ।

क्याटेगोरी : जीवनशैली
ट्याग : #क्यान्सर, #योनीकोे क्यान्सर, #सृष्टि श्रेष्ठ प्रजापती

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com