आर्थिक सङ्कटमा स्वास्थ्यलाई युएसएआईडीकाे मलम


काठमाडौं । केही माफियाहरूले बजेट घरबाट बाहिर ननिकाल्दा देश आर्थिक  रुपमा कमजोर बन्दै गएकाे छ । राष्ट्रिय याेजना आयाेगले स्वास्थ्यकाे बजेट भारी मात्रामा काटेकाे छ । यसले सामाजिक सुरक्षामा जाेडिएका नि:शुल्क स्वास्थ्य सेवाहरू तरबारको धारमा पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयलाई आर्थिक रुपमा समस्या परेका बेला अमेरिकी अन्तर्राष्ट्रिय विकास नियाेग युएसएआईडीले मलम लगाएकाे छ । जसले गर्दा थाेरै सुखि स्वास्थ्य अधिकारीहरूमा देखिन्छ ।

नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड रुपैयाँ) को बजेटसहितको “स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना को आधिकारिक रूपमा शुभारम्भ गरिएको छ ।

यस परियोजनाले दसौं लाख नेपालीको स्वास्थ्य सुधारका निम्ति सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय तहहरू (गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका) लाई वित्तीय सहायता प्रदान गर्नेछ ।

यस साझेदारीले नेपाली नागरिकहरुलाई उचित, उत्तरदायी र दिगो स्वास्थ्य सेवा प्रदान गर्न सङ्घीय र प्रादेशिक तहहरूमा नेपाल सरकारको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्नेछ । यसले नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२ – २०३० का लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्नेछ।

यो साझेदारी नेपालको स्वास्थ्य क्षेत्रमा दशक लामो अमेरिकी सहयोगका साथै कोभिड – १९ महामारीको समयमा नेपालमा भएको सहकार्यको अनुभवमा आधारित भएकोले यस परियोजनामार्फत युएसएआईडीले विकट भौगोलिक क्षेत्र तथा सीमान्तकृत समुदायहरुमा जीवनयापन गरिरहेका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन र उनीहरूको आकस्मिक अवस्था सम्बन्धी तयारी र प्रतिकार्य गर्न अझ बढी सक्षम भएको सुनिश्चित गर्न सहयोग गर्ने अधिकारीहरूले बताएका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com