एसिड पीडित बिन्दवासिनी डा. ढाकाकुमारको ठाउँमा सांसद बन्दै


काठमाडौं । एसिड पीडित बिन्दवासिनी कंसाकार डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा सांसद बन्ने भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमारको सांसद पद खोसेसँगै उनी समानुपातिक सांसद बन्ने भएकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डा. ढाकाकुमारको ठाउँमा बिन्दवासिनी निर्वाचित गराउन निर्वाचन आयोगमा पठाउने निर्णय भएको सुनाए । स्वास्थ्यमन्त्री बन्न २ करोड घूस मागेका डा. ढाकालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । पार्टी सदस्यता खारेज भएसँगै उनको सांसद पद पनि खोसिएको छ । अब उक्त ठाउँमा बिन्दवासिनी सांसद भएर आउने निश्चित जस्तै छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com