विर्तामोड नगर अस्पतालको कामै नगरी ठेकेदारलाई ७७ लाख दिएको खुलासा


काठमाडौं । झापास्थित विर्तामोड नगर अस्पतालको कामै नगरी ठेकेदारलाई ७७ लाख दिएको खुलासा भएको छ ।

नगरपालिकाले ठेकेदारसँगको मिलेमतोमा कामै नगरी ७६ लाख ९९ हजार बढी भुक्तानी गरेको पाइएको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुसार विर्तामोड नगरपालिका झापाको अस्पताल निर्माण कार्यको भुक्तानीमा अनियमितता भएको छ । प्राविधिकसहितको स्थलगत अवलोकन गर्दा माटोको कार्य, इँटा, सेलिङ, डण्डी, आरसीसी, टायल, मोजाइक, मार्बललगायतको कार्य नै नगरी ७६ लाख ९९ हजार त्यसै भुक्तानी गरिएको छ । राज्यकोषबाट कामै नगरी मिलेमतोमा ठेकेदारलाई पैसा दिनु भ्रष्टाचारजन्य कसूर हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा यथाशीध्र छानबिन गरेर अनियमित तरिकाले भुक्तानी गर्ने जिम्मेवार अधिकारीमाथि भ्रष्टाचार मुद्दा दायर गर्नु पर्छ । महालेखाले बढी भुक्तानी गर्ने सम्बन्धितलाई जिम्मेवार बनाई उक्त रकम असुल गर्नु पर्छ भनेको छ । महालेखाले अधिकतम गर्न सक्ने भनेको असुल गर्नु भनेर लेख्ने हो । काम नै नगरी अस्पताल निर्माणमा ७७ लाख भुक्तानी दिनु भ्रष्टाचार हो । यसमा अब अख्तियारले भ्रष्टाचार मुद्दा चलाउनु पर्ने देखिन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com