स्वास्थ्य भवनमा अनियमितता नै अनियमितता


काठमाडौं । स्वास्थ्य भवन निर्माणमा अनियमितता नै अनियमितता देखिएको छ ।

नगर अस्पताल भवनदेखि एक पलिका एक स्वास्थ्य संस्था भवन निर्माणसम्ममा अनियमितता देखिएको हो । विर्तामोड नगर अस्पतालदेखि नौमुले स्वास्थ्य संस्थाको भवन निर्माणसम्ममा अनियमितता देखिएको हो ।

महालेखा परीक्षकको कार्यालय हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार नगर अस्पतालदेखि स्वास्थ्य भवन निर्माणसम्ममा अनियमितता देखिएको छ । अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको बजेटमा स्थानीय तहरुले अनियमित तरिकाले हालिमुहाली गरेका हुन् ।

अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरी पेश्की रकम लिएर कामै नगर्ने ठेकेदार पनि भेटिएका छन् । स्थानीय तहका कर्मचारीले स्वास्थ्य मन्त्रालयले पठाएको बजेट ठेकेदारसँग मिलेर उडाएको पाइएको छ । महालेखाले अहिले स्थानीय तह अनियमितताको अखडा भएको देखाएको छ । स्थानीय तहमा बन्न लागेका स्वास्थ्यका भवनहरूमा देखिएको अनियमितताले यसलाई पुष्टि गर्छ ।

सरकारी बजेटमा स्थानीय ठेकेदारहरुले रजाईं गर्दा पनि सम्बन्धित निकाय चुपचाप छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #महालेखा परीक्षकको कार्यालय, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com