कर्णाली स्वास्थ्य हेर्ने मन्त्रालयको जिम्मेवारी पोखरेलले पाउने


काठमाडौं । कर्णाली प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयको जिम्मेवारी खड्गबहादुर पोखरेलले पाउने भएका छन् ।

कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार पोखरेललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने गरी सरकारमा पठाउन लागिएको हो । नेपाली कांग्रेसले सुर्खेत १(१) बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य पोखरेललाई स्वास्थ्य समेत हेर्ने सामाजिक विकासमन्त्री बनाएर पठाउने भएको हो । उनीसहित कांग्रेसका तीन मन्त्रीले आजै सपथ खाने भएका छन् ।

कांग्रेसले  सामाजिक विकासमन्त्रीमा पोखरेलसहित आर्थिक मामिला तथा योजना मन्त्रालयमन्त्रीमा वेदराज सिंह र वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसीलाई पठाउने निर्णय गरेको छ । कोभिड-१८ फैलन लागिरहेको बेला संघीय सरकारले स्वास्थ्यमन्त्री नपाउदा कर्णाली सरकारले भने मन्त्री पाउने भएको हो । कांग्रेस सुर्खेतका सभापति समेत रहेका पोखरेल सामाजिक विकासमन्त्रीको जिम्मेवारीमा आजै जानेछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ