अमेरिकाले गर्भपतनसम्बन्धी ‘मिफेप्रिस्टोन’ नामक औषधि बिक्रिका लागि दियो अनुमति


एजेन्सी । अमेरिकाले गर्भपतनसम्बन्धी ‘मिफेप्रिस्टोन’ नामक औषधि बिक्रिका लागि अनुमति दिएको छ ।

अमेरिकी सुप्रीम कोर्टले एक मह त्त्वपूर्ण फैसलामा गर्भपतनका लागि प्रयोग हुँदै आएको मिफेप्रिस्टोनलाई बिक्रिवितरण गर्न पाउने सुनाएको हो ।

केही समय अघि अमेरिकाको टेक्सासस्थित एक स्थानीय अदालतले गर्भपतनसम्बन्धी मिफेप्रिस्टोन औषधिलाई रोक लगाइदिएको थियो ।

गत वर्षको जुन महिनामा सुप्रीम कोर्टले ६–३ को बहुमतले गरिएको फैसलामा गर्भपतनलाई कानूनी रुपमा मान्यता दिने १९७३ लाई उल्टाइदिएको थियो । त्यसपछि अमेरिकामा ठूलो विरोध प्रदर्शन भयो ।

सुप्रीम कोर्टले गर्भपतन गराउनका लागि कानूनी मान्यता दिँदै संविधानले गर्भवती महिलालाई गर्भपतनसँग सम्बन्धित फैसला गर्न सक्ने अधिकार दिएको पनि सुनाएको थियो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com