वायु प्रदूषणबारे चेतना फैलाउन सेभ द चिल्ड्रेनको ‘साथी’ अभियान


काठमाडौं । बढ्दै गएको वायु प्रदूषणबारे चेतना फैलाउन सेभ द चिल्ड्रेनले ‘साथी’ अभियान सञ्चालन गरेको छ ।

‘साथी’ अभियान अन्तर्गत भालु आकारको सेतो टेडि बियर लिएर अभियन्ताहरू ६ महिनासम्म नेपालभर वायु प्रदूषणबारे जनचेतना फैलाउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् ।

विश्वमा यतिबेला नेपालको राजधानी काठमाडौं ज्यादै प्रदूषित सहरको सूचीमा सूचिकृत छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राालयले प्रदर्शनमा राखेकाे कृतिम फाेक्साे बढ्दाे राजधानीकाे प्रदूषणले १५ दिनमा कालाे भएकाे थियाे ।

यस सन्दर्भमा सेभ द चिल्ड्रेनले पृथ्वी दिवसको अवसर पारेर देशव्यापी अभियान सञ्चालन गरेको हो ।

सेभ द चिल्ड्रेनलाई अन्य सङ्घसंस्था र बालबलिका तथा युवा अभियन्ताको साथ रहनेछ । साथी अवधारणाले नेपालभरका मानिसलाई वायु प्रदूषणबारे जानकारी दिन सहयोग पुग्नेछ ।

सेभ द चिल्ड्रेनकी राष्ट्रीय निर्देशक हेदर क्याम्पबेलका अनुसार, साथी एयर बियर वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक हो । यसले बढ्दै गरेको प्रदुषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्यमाथि खेलवाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनु पर्छ भन्ने बारे झकझकाउने काम गर्नेछ ।

उनले भनिन्, ‘यस अभियानमार्फत हामी विभिन्न सरोकारवालाहरूसँग वातावरण संरक्षण सम्बन्धी कुराकानी र वातावरण संरक्षणको क्षेत्रमा कार्य गर्छाँै । वहाँहरूलाई बालाबालिकाको भविष्यका लागि दिगो निर्णय लिन र वायु प्रदूषणका साथसाथै जलवायु परिवर्तन सम्बन्धी काम गर्न आह्वान गर्छौँ ।’

६ महिनाको अवधिमा चार मिटर (१२ फिट) अग्लो सेतो भालु वा टेडि बियरलाई नेपालका विभिन्न क्षेत्रमा दिगो कम्पनीले प्रदान गर्ने विद्युतीय सवारीमा राखेर डुलाईनेछ । विद्युतीय सवारी साधनले वायु प्रदूषण गर्दैन, यो वातावरण मैत्री हुन्छ जसकारण वायु प्रदूषणबारे चेतना फैल्याउने कार्यक्रममा विद्युतीय सवारी प्रयोग गर्न लागिएको हो ।

सेतो भालुलाई देशभर लगिँदा यसको रङ कालो हुँदै गएको देखाइनेछ । यसरी अभियन्ताहरूले मानिसहरूलाई सेतो भालु अर्थात् टेडि बियर देखाएर वातावरण प्रदूषणको बेफाइदाबारे बुझाउने छन् ।

६ महिने अभियानका क्रममा वायु प्रदूषणको प्रभावबारे बालबालिका र युवालाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास गरिने छ । जहाँ नीति निर्माता र प्रभावशाली सरोकारवालाहरूसँग वायु प्रदूषणसँगै जलवायु परिवर्तनबारे पनि छलफल गर्दै निष्कर्ष निकाल्ने प्रयत्न गरिनेछ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com