राष्ट्रपति पौडेलले भारतमा गराएको स्वास्थ्य उपचार खर्च आफैंले व्यहोर्ने !


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्य उपचार खर्च आफैंले व्यहोर्ने चाहना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति पौडेले स्वयंले व्यहोर्न चाहेका छन् ।

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गर्दा लागेको खर्च राष्ट्रपनि आफैले व्यहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको हो ।

हिजो मात्र कांग्रेस महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले राष्ट्रपति पौडेले आफ्नो उपचार खर्च आफै व्यहोर्नु पर्ने धारणा राखेका थिए ।

वैदेशिक उपचार खर्च राज्यकोषबाट उपलब्ध गराउन नमिल्ने विषयमा स्वास्थ्य लाइभले पटकपटक उठाउँदै आएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० अनुसार कसैलाई पनि विदेशमा गएर उपचार गराएको खर्च सरकारले उपलब्ध गराउन सक्दैन । तर, यो ऐनको प्रावधानविपरीत विभिन्न व्यक्तिलाई राज्यकोषबाट सरकारले उपचार खर्च उपलब्ध गराउँदै आएको छ । कांग्रेस नेता चन्द्र भण्डारीको हकमा पनि जनस्वास्थ्य सेवा ऐन, २०७५ को उक्त प्रावधान आकर्षित हुन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपति रामचन्द्र पौडेल, #वैदेशिक उपचार खर्च भारत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com