स्वास्थ्यसहित कांग्रेसको भागमा ९ मन्त्रालय, थपिए आचार्य


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यासहित कांग्रेसको भागमा ९ मन्त्रालय परेको छ । आज महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीमा सुरेन्द्र आचार्य थपिएसँगै कांग्रेसको भागमा ९ मन्त्रालय परेको हो ।

करिब एकहप्ता अगाडि कांग्रेसबाट मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री बनेका छन् । बस्नेतसँगै धनराज गुरुङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका हुन् । त्योभन्दा केही अगाडि नारायणप्रसाद (एनपी) साउद परराष्ट्रमन्त्री बनेका थिए । अस्ति स्वास्थ्यमन्त्री मोहनबहादुरको टिम र आज आचार्यले मन्त्रीको सपथ खाएपछि ९ मन्त्रालय कांग्रेसको भागमा हुनेछ ।

कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधानसहित कांग्रेसबाट नेतृत्व गरेर सरकारमा सहभागी भएका छन् । उनले रक्षा मन्त्रालयको कार्यभार सम्हालेका छन् । त्यस्तै कांग्रेसबाट अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकासमन्त्री सिता गुरुङ र रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनिसकेका छन् ।

स्वास्थ्य, उद्योगजस्ता मन्त्रालय यसपटक कांग्रेसको भागमा परेको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com