निदान अस्पतालका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएको गुनासो


काठमाडौं । ललितपुर पुल्चोकस्थित निदान अस्पतालका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएको गुनासो छ । निदान अस्पतालले आफ्ना डाक्टर, स्टाफ, नर्सहरुलाई बिगत ६ महिनादेखि पारिश्रमिक नपाएको गुनासो आएको हो ।

अस्पतालले तलब नदिँदा स्वास्थ्यकर्मीलाई दैनिक घर खर्च चलाउन समेत समस्या भएको पीडितको भनाइ छ । श्रम विभागमा उजुरी गर्दा पनि कुनै सुनुवाई नभएको र अफिसमा जाँदा ढोकामा ताल्चा लगाइरहेको पाईने गरेको पीडित स्वास्थ्यकर्मीको दाबी छ ।

यस विषयमा पूर्वसचिव भीम उपाध्यायले नेपाल सरकार, स्थानीय प्रशासन वा स्वास्थ्य मन्त्रालयको यसमा तत्काल ध्यानाकर्षण गराएका छन् । यसरी आधा-आधा वर्षसम्म तलब नदिँदा दैनिक जिवन चलाउन कर्मचारीहरूलाई ठूलो समस्या परिरहेको भन्दै पूर्वसचिव उपाध्यायले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, जिल्ला प्रशासन कार्यालय ललितपुर, प्रधानमन्त्री पुष्प कमल दाहालका स्वकीय सचिव रमेश मल्ललगायतलाई समाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका हुन् । यसमा सम्बन्धित निकायले चासो देखाउन जरुरी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #निदान अस्पताल, #भीम उपाध्याय सामाजिक अभियान्ता, #ललितपुर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com