संघसहित यी हुन् स्वास्थ्य हेर्ने सातै प्रदेशका मन्त्री


काठमाडौं । संघसहित ७ वटै प्रदेशले स्वास्थ्यमन्त्री पाएको छ । संघमा छुट्टै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेको छ । प्रदेशमा भने कुनैमा छुट्टै स्वास्थ्य मन्त्रालय र कुनैमा समाजिक विकास मन्त्रालयले स्वास्थ्य हेर्दै आएको छ ।

सघंसहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा छुट्टै स्वास्थ्य मन्त्रालय रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने समाजिक विकास मन्त्रालयले नै स्वास्थ्य समेत हेर्दै आएको हो ।

संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत आएसँगै अन्य प्रदेशले पनि भटाभट स्वास्थ्यमन्त्री पाउन थालेको छ । सोमबार मात्रै लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी राजु खनालले पाएका छन् । त्यसको अघिल्लो दिन (आईतबार) बागमती प्रदेशको स्वास्थ्यमन्त्री उत्तम जोशी भएका छन् । त्यसको अघिल्लो दिन (शनिबार) सुदूरपश्चिम प्रदेशको स्वास्थ्य हेर्ने सामाजिक विकासमन्त्री झपट साउद बनेका हुन् ।

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा निर्मला तावा लिम्बू रहेकी छिन् । मधेश प्रदेशमा सामाजिक विकास मन्त्री सुरिता कुमारी साहले स्वास्थ्य हेरिरहेकी छिन् । मधेशमा छिट्टै स्वास्थ्यमन्त्री आउँने सम्भावना रहेकाे छ । गण्डकी प्रदेशको समाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडा रहेकी छिन् ।

कर्णाली प्रदेशको स्वास्थ्य हेर्ने समाजिक विकासमन्त्री खड्ग बहादुर पोखरेल रहेका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशको स्वास्थ्य हेर्ने समाजिक विकासमन्त्रीमा झपट बहादुर साउँद आएका छन् । यिनीहरूको मुख्य दायित्व प्रदेशभित्रका स्वास्थ्यलगायतका विषय हेर्नु र थिति बसाल्नु हो ।

संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित प्रदेशमा बागमती प्रदेशका उत्तम जोशी, लुम्बिनीका राजु खनाल र कर्णालीका स्वास्थ्य खड्गबहादुर पोखरेल नेपाली नेपाली कांग्रेसका हुन् । गण्डकी स्वास्थ्य हेर्ने सुशिला, सुदूरपश्चिममा स्वास्थ्य हेर्ने साउद माओवादी केन्द्रबाट आएका हुन् । त्यस्तै कोशीकी स्वास्थ्यमन्त्री लिम्बू जसपा र मधेश प्रदेशमा स्वास्थ्य हेर्ने साह मधेशवादी दलकी हुन् ।

संघीय स्वास्थ्यमन्त्री सहित ७ वटै प्रदेशले स्वास्थ्य हेर्ने मन्त्री पाएको छ । यी स्वास्थ्य हेर्ने मन्त्रीहरूको नियमित गतिविधिलाई स्वास्थ्य लाइभले नजिकबाट नियालिरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #राजु खनाल स्वास्थ्यमन्त्री लुम्बिनी प्रदेश, #स्वास्थ्यमन्त्री उत्तम जोशी बागमती प्रदेश, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com