भक्तपुरको दुवाकोट अब “मेडिकल सिटी”, दुवाकोटमा अस्पताल निमार्ण पहिलो प्राथमिकता भएको उपकुलपतिको दाबी


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले आफ्नो केन्द्रिय अस्पताल दुवाकोटमा बनाउने भएको छ । उक्त कार्यलाई तिव्रता दिइने न्याम्सका उपकुलपति प्राध्यापक डा भुपेन्द्र कुमार बस्नेतले बताए । न्याम्सको निमित्त उपकुलपति भएपछि पहिलो पटक स्वास्थ्य पत्रकारहरूसँग छलफल गर्दै आफूले दुवाकोटमा अस्पताल निमार्णको कामलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

सरकारले समेत न्याम्स र वीर अस्पताल छुट्याउने भएपछि न्याम्सलाई आफ्नो अस्पताल खडा गर्न दवाव बढेको छ । “बस्नेतले भनेका छन्, “सरकारको अस्पताल यही ९ वीर ० हुन्छ । न्याम्सको केन्द्रिय अस्पताल दुवाकोटमा बनाउँछौं ।” दुवाकोटमा न्याम्सको एकेडेमिक, अस्पताल सर्भिस र काम गर्नेलाई क्वाटरको ब्यवस्था गरिएको छ । दुवाकोटमा अस्पताल बनाउँन टड्कालो आवश्यकता परेको उपकुलपति बस्नेतको भनाई छ । यो काम अब नयाँ नेतृत्वले गर्नेछ । उनले न्याम्सको गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी भएको बताए ।

विश्वमा राम्रो विश्व विद्यालयसँग सहकार्य गरेर पठन पाठनलाई गुणस्तरीय बनाइने उपकुलपति बस्नेतको भनाइछ । यसका लागि छुट्टै अन्तराष्ट्रिय डेस्क स्थापना गरिने भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले शल्यक्रिया, आइसीयु र इमर्जेन्सीको सेवामा फोकस गरेर काम थालेको बताए । अहिले स्वास्थ्य बीमाको चापले केही असहज भएको देखिएको यो लामो समय रहदैन निर्देशक पौडेलले भने ।

१५ वटा शल्यक्रिया कक्ष सञ्चालन गर्ने योजनामा रहेको पनि बताए । नर्सिङ जनशक्ति केही दिनमा आउँने भएकाले सर्जिकल भवन पनि पूर्ण रुपमा चलाउने बताए । कोभिड सङ्क्रमितको उपचारका लागि राखेको सहित ५५ बेड आइसीयु छ । तर, ४६ आइसीयु बेड सञ्चालनमा छन् । सबैको चासोको विषय बनेको राष्ट्रिय बर्न सेन्टर पनि सञ्चालनमा ल्याइने भएको छ । न्युरो सर्जरी सेवा सञ्चालन भएको वार्डबाट छालाको उपचार सुरु हुने छ । सुरुमा १० बेड बाट चलाइने निर्देशक पौडेलले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com