काठमाडौं महानगरभरि शनिबार विशेष सरसफाई कार्यक्रम


काठमाडौं । शनिबार काठमाडौं महानगरभरि विशेष सरसफाई कार्यक्रम सञ्चालन हुने भएको छ । मेयर बालेन शाहसहितका काठमाडौं महानगरपालिका जनप्रतिनिधिहरूको पद बहाली भएको एक वर्ष पुगेको अवसरमा काठमाडौं महानगरभरि शनिबार विशेष सरसफाई कार्यक्रम सञ्चालन कार्यक्रम राखिएको हो ।

मेयर शाहका अनुसार काठमाडौं महानगरपालिका प्रत्येक वडा तहमा विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।

विशेष सरसफाई कार्यक्रम शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ । विशेष सरसफाई कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनधिहरु तथा कर्मचारीहरुसहित वडाका सबै सरोकारवालाहरु समेतको अधिकतम सहभागिता गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न समेत मेयर शाहले अनुरोध गरेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #विशेष सरसफाई अभियान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com