अमेरिकाबाट नेपाली स्वास्थ्य दिवस घोषणा


टेक्सस । अमेरिकाकाे टेक्सस अर्बिङ शहरमा जारी अमेरिकाज क्षेत्रीय स्वास्थ्य सम्मेलनलाई नेपाली स्वास्थ्य दिवसका रुपमा घाेषणा गरिएकाे छ । २६ देखि २८ मे तीन दिन सम्म सञ्चालन हुने सम्मेलनमा नेपाली स्वास्थ्य दिवसको घाेषणा गरिएको हाे ।

टेक्ससको अर्बिङ शहरका नगर प्रमुख ओस्कर वार्डले मे २६-२८ सम्म हुने प्रथम एनआरएनए अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलनलाई नेपाली स्वास्थ्य दिवसको घोषणा गरेका हुन् । उक्त घाेषणाले अन्तर्राष्ट्रिय जगतमा गैर आवासीय नेपाली स्वास्थ्यकर्मीहरुमाझ उर्जाशील सन्देश दिएको छ ।

 

नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको स्वास्थ्य समस्याबारे जानकारी लिने उद्देश्यले पहिलोपटक एनआरएनए ग्लोवल हेल्थ कमिटीले सम्मेलनको आयोजना गरेको हो ।

एनआरएनए ग्लोवल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाका अनुसार सम्मेलनको मुख्य उद्देश्य भनेको नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एकठाउँमा ल्याएर नेपालीहरुको स्वास्थ्य समस्याबारे जानकारी लिनु हो ।

एनआरएनए अमेरिकाका स्वास्थ्य समिति संयोजक डा. प्रकाश श्रेष्ठले विभिन्न ठाउँमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई एकैठाउँमा ल्याएर उनिहरुको कार्यअनुभव, भोगाइहरु एक आपसमा साटासाट गर्ने माध्यमका रुपमा यस सम्मेलनलाई लिइएको बताए ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com