ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार पत्रकार जाेशीलाई


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार पत्रकार तर्फ पदमराज जाेशीलाई दिने भएको छ । तीन वर्षदेखि राेकिएकाे उक्त पुरस्कार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले बरिस्ठ स्वास्थ्य पत्रकार जाेशीलाई दिने निर्णय गरेकाे हाे ।

समितिले तीन जनाकाे नाम सिफारिस गरेर स्वास्थ्यमन्त्री समक्ष पेश गरेकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोषको सचिवालयले आगामी ३१ मे मा पर्ने विश्व धूम्रपानरहित दिवसको अवसरमा विभिन्न ६ विधामा सो पुरस्कार वितरण गर्ने छ । यसअघि २०७६ साल १७ जेठका दिन यो पुरस्कार पहिलोपटक विभिन्न छ विधामा प्रदान गरिएको थियो ।

स्वास्थ्य करकोषको सचिवालयले जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थको आयात उत्पादन बिक्रीवितरण तथा सेवन कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति संघ संस्था कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्येबाट ६ जनालाई पुरस्कार दिइने उल्लेख छ । उक्त पुरस्कारको राशी ५० हजार रहेकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com