काठमाडौंका जेष्ठ नागरिकलाई छत्रपाटी नि:शुल्क चिकित्सालयमा सम्पूर्ण सेवा ‘फ्री’


काठमाडौं । काठमाडौंका जेष्ठ नागरिकलाई छत्रपाटी नि:शुल्क चिकित्सालयमा सम्पूर्ण सेवा ‘फ्री’ हुने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाभित्रका बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने प्रबन्ध मिलाइएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका अनुसार काठमाडौं महानगरपालिका र छत्रपाटी नि:शुल्क चिकित्सालयबीच भएको सम्झौता बमोजिम काठमाडौं महानगरपालिकाका ३२ वडा भित्रका बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाइ छत्रपाटी नि:शुल्क चिकित्सालयमा उपलब्ध सम्पूण स्वास्थ्य सेवाहरु नि:शुल्क उपचारको व्यवस्था गरिएको छ । साथै उक्त स्वास्थ्य उपचारका लागि संबन्धित वडा कार्यालबाट प्राप्त बृद्ध भत्ता परिचय पत्र/कर्मचारी परिचय पत्र/वडा कार्यालयको सिफारिश पत्र अनिवार्य रहेको उनले जानकारी गराएका छन् ।

निःशुल्क चिकित्सालयमा पाइने सेवाहरु

-२४ सै घण्टा आकस्मिक सेवा

-ल्याप्रोस्कोपीक शल्यक्रिया

-सर्जरी

-फिजिसियन / इन्टरनल मेडिसिन

-नाक, कान, घाँटी रोग

-स्त्री रोग

-पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी)

-चर्म तथा यौन रोग

-बाल रोग

-अल्ट्रासाउण्ड

-टि.एम.टी/हल्टर

-अडियोग्राम

-टिम्पानो मिटर

-इको

-मनोचिकित्सा

-२४ सै घण्टा प्याथोलोजी,

-डिजिटल एक्सरे,

-पिसाब नलीको पत्थर चिरफार नगरीकन

-शल्यक्रिया

-आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया

-हाड, जोर्नी र नशा रोग

-जनरल हेल्थ चेकअप

-ईण्डोस्कोपी र कोलोन्स्कोपी

-दन्त रोग

-मुटु रोग

-ड्रेसिङ्ग

-ई. सी. जी.

-स्त्री रोग शल्यक्रिया

-हार्डजोर्नी शल्यक्रिया

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com