स्वास्थ्य क्षेत्र प्राथमिकतामा पर्न नसकेको प्रधानमन्त्री दाहालको भारत भ्रमण


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा स्वास्थ्य क्षेत्र प्राथामिकतामा परेन । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र नेपालका प्रधानमन्त्री दाहालबीच भएको भेटवार्तामा स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपरेको हो ।

नेपालको काठमाडौंस्थित भारतीय दूतावासले भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री दाहालको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्तामा स्वास्थ्यका एजेण्डा प्राथमिकतामा नपरेको जनाएको छ ।

दुर्ईपक्षीय भेट वार्तामा अर्थतन्त्र, उर्जा, पूर्वाधार, शिक्षा तथा जनता–जनताबीचको सम्पर्कको क्षेत्रमा बलियो कनेक्टिभिटिमार्फत हाम्रो सदियौं पुरानो सम्बन्धलाई बलियो बनाउनेलगायतका एजेण्डा छलफल भएको भारतीय दूतावासको दाबी छ । तर, स्वास्थ्यका एजेण्डाले खासै महत्त्व पाएको छैन ।

नेपाल र भारतका प्रधानमन्त्रीको उपस्थितिमा सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने नेपाल भारत पारवहन सम्झौता नवीकरण गर्ने र तल्लो अरुणको पीडिए गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्नेलगायतका सहमतिमा हस्ताक्षर भएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com