बालेनविरुद्ध किन खनिए स्वास्थ्यमन्त्री बस्नेत ?

बालेनले काम गरेनन् प्रचार गरे, मैंले काम गरे : स्वास्थ्यमन्त्री बस्नेत 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध खनिएको छन् । बालेनले काम गरेनन् प्रचार गरे, मैंले काम गरे भन्दै स्वास्थ्यमन्त्री बस्नेत बालेनविरुद्ध खनिएका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन बालेनविरुद्धको पत्रकार सम्मेलन जस्तो भएको हो । उक्त पत्रकार सम्मेलनमा बालेनको कदमले स्वास्थ्यमन्त्री र उनको टिम अतालिएको देखिन्थ्यो |

तीन दिन अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर निजी स्वास्थ्य सस्थाले गरिब विपन्न नागरिकलाई कुल शय्याको १० प्रतिशत सेवा नदिएको भन्दै एक हप्तामा मन्त्रालयबाट कारबाही नभए अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक-पटक निर्देशन दिँदा पनि अटेर गरेका निजी स्वास्थ्य संस्थालाई मेयर बालेनबाहेक अरुले ठेगान लगाउँने देखिएन । बालेनले अटेरी निजी स्वास्थ्य संस्थालाई ठेगान लगाउने संकेत देखेपछि स्वास्थ्यमन्त्री बस्नेत हतारिएर स्वास्थ्य संस्थाको अनुगमनमा निस्किए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ बनाएर परिच्छेद २४, ७० को (घ) मा स्पेष्ट लेखिएको छ, अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको दश प्रतिशत शैय्या छुट्याई नि:शुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउँनु पर्ने छ । त्यस्तै (अ) मा निशुल्क सेवा लिएका बिरामीको बिवरण सुचनापार्टीमा सार्वजनिक र नियमित रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाउनुु पर्ने छ ।

आफैले बनाएको नियम कानुनको उलंघन गरी निजी स्वास्थ्य संस्था सञ्चालक पोस्ने काम कानुन निर्माता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भएपछि मेयर बालेनले स्वास्थ्य मन्त्रालयमाथि दबाव सिर्जना गरेका हुन् । संविधान र स्थानीय सरकार सञ्चालन , २०७४ मा स्वास्थ्य र शिक्षा स्थानीय सरकारको अधिनमा रहने कुरा स्पष्टै छ ।

तीन दिन अगाडि मात्रै स्वास्थ्यमन्त्री भेटेर १० प्रतिशत सेवा सुविधा नदिने निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कानुनी दायरामा नल्याए त्यस्ता अस्पतालको प्रशासन बन्द गर्ने चेतावनी पछि स्वास्थ्य तथा जनसंख्यामन्त्रीको घैटोमा घाम लागेको छ । अहिले मन्त्री बस्नेत बालेनले लिने जस बटुल्न लागिपरेका छन् । बालेनले कारबाही थाल्नु अगावै आफूले काम गरेको देखाउँन अहिले मन्त्री बस्नेत उद्धत छन् । आफूले स्वास्थ्यमा काम गरेको तर, जस बालेनले लिएको स्वास्थ्यमन्त्री बस्नेतको दाबी छ ।

मेयर बालेनको कदमपछि मन्त्री बस्नेतले काम गरेको देखाउँन शुक्रबार साझ पत्रकार सम्मेलन गरे । स्वास्थ्यमन्त्री बस्नेतले भनेका छन्, ‘बालेनले काम हैन प्रचार गरेका छन् तर, मैले प्रचार हैन काम गरेको छु । हामी प्रचारमूखी है काम गर्छौं ।भित्रभित्रै गरेका छौं । स्वास्थ्यमा ७ दिनमा कायापलटै गरेका छाै।’, एक महिनामा तीनपटक पत्रकार भेटघाट गरेको जबर्जस्त प्रचार नभएर के हो त ? एक वर्षमा कुनै दिन बालेनले खचाखच पत्रकार भेला पारेर मैले काम गरें भनेको सुन्नु भएको छ त ?

स्वास्थ्यमन्त्री बस्नेतले एक हप्तामा स्वास्थ्यमा उथलपुथल ब विकास गरेको खाका पेश गरेका छन् । बिचार जनता झुक्याउ अस्पतालका उच्च अधिकारीलाई एक हप्तामा काम गरेको भन्ने बनाउँन रंगिन फोटाहरु समेत प्रदर्शन गर्न लगाइएको थियो ।

आज भन्दा १० दिन अगाडि वीरका उपकुलपति र निर्देशकले आफूले गरेको नयाँ कामको बारेमा पत्रकार सम्मेलन गरेर सुनाएका थिए । त्यहिं बुँदाहरू मन्त्रीले बाचन गरेर सात दिनमा आफूले गरेको भनेका छन् । राजनीतिमा अलिकति लाज घिन भन्ने हुँदैन हो ?

स्वास्थ्यमन्त्रीले कानुनको धज्जी उडाउँदै जहाँ जनता झुक्याउन सकिन्छ त्यतै लाग्ने बताए । बलेनको निर्देशनपछि १० प्रतिशतमा आफैले काम गरेको स्वास्थ्यमन्त्रीले बताएका छन् । बालेनले ७ दिनमा ६८ स्वास्थ्य संस्थालाई कारबाही नगरे बन्द गर्ने चेतावनी दिएपछि स्वास्थ्यमन्त्री बस्नेत अतालिएर जस लिन कार्यालयकाे काम छाडेर सडकमा निस्केको चर्चा छ ।

बालेनले नभनी स्वास्थ्य मन्त्रालयको चौथो अवैध तला भत्काएर देखाए भने स्वास्थ्यमन्त्री बस्नेतले भनेका कुरा अलिअलि पत्याउने कुरा हुन्छ । यसमा पनि बालेनले नै सिकाउनु पर्ने अवस्था आयो भने झन् लाजमर्दो स्थिति आउने छ । त्यो बेला उनीहरुको अवस्था हेर्न लायक नहोला भन्न सकिन्न ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com